स्वतन्त्रता दिवस फूटबल टुर्नामेन्ट : केएफसी र सिलगढी युनाइटेड फाइनलमा
फुटबल दल


खरसाङ, 13 अगस्त (हि.स.)। खरसाङ महकुमा खेलकूद संघद्वारा आयोजित 80औं स्वतन्त्रता दिवस फूटबल प्रतियोगिता अन्तर्गत बिहीवार दुईवटा सेमिफाइनल खेलहरू सम्पन्न भयो।

प्रथम खेल केएफसी सिलगढी बनाम ब्रदर 11 घुम्तीमाझ सम्पन्न भयो। पहिलो खेलको समय मौसम खेलको निम्ति अनुकूल नरहे पनि दुवै दलका खेलाडीहरूलाई यसको कुनै असर परेन। म्याच अवधि अधिक्तर समय नै पानी परी रह्यो।यस खेलमा केएफसी सिलगढीले ब्रदर 11 लाई 6-0 ले पराजित गरी फाइनलमा आफ्नो स्थान पक्का गर्यो। यस खेलको म्यान अफ द म्याच केएफसीका खेलाडी जर्सी नम्बर 11 अंकित राईलाई घोषित गरियो।

दिनको दोस्रो खेल युकेएफसी जुनियर अनि सिलगढी युनाइटेडमाझ सम्पन्न भयो। सिलगढी युनाइटेडमा 9/11 जीआरका खेलाडीहरु थिए। उनीहरूलाई युकेएफसी जुनियरका कलिला केटाहरूले तगडा चुनौती दिए पनि अन्तत: यो खेल सिलगढी युनाइटेडले 0 को विरुद्ध 3 गोलले जित हासिल गर्दै फाइनलमा पुग्यो। यस खेलको म्यान अफ द म्याच सिलगढी युनाइटेडका कप्तान जर्सी नम्बर 6 सागर शाहीलाई घोषित गरियो। सागर शाहीलाई ह्याटट्रीक गरेवापत अन्तिम क्वार्टर फाइनल म्याचमा पनि म्यान अफ द म्याच घोषित गरिएको थियो।

यो फुटबल टुर्नामेन्ट भिक्टोरिया स्कूलको खेल मैदानमा भइरहेको छ भने यस प्रतियोगितामा जम्मा 10 वटा दलहरूले भाग लिइरहेका छन्। प्रतियोगिताको फाइनल खेल 15 अगस्तको दिन हुनेछ। यस प्रतियोगिताको विजेतालाई 1969 सालमा बनाइएको शुद्ध चाँदीको ट्रफी सहित नगद 25 हजार रुपियाँ अनि उप विजेता दल लाई ट्रफी सहित 15 हजार प्रदान गरिने छ।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande