
काठमाडौँ, 13 अगस्त (हि.स.)। बुधबार साँझदेखि नेपालको रुकुम पूर्वी जिल्लामा परेको भारी वर्षाले मध्य पहाड़ी लोकमार्ग अवरुद्ध भएको छ। भूमे गांपालिकाको काडाबगर र धौलापैह्रोमा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
सडक अवरुद्ध भएपछि काठमाडौँबाट रुकुम पूर्व, रुकुम पश्चिम र डोल्पातिर जाने यात्रु बस र अन्य सवारी साधनहरू रोकिएका छन्। पैह्रोका कारण हजारौँ यात्रु फसेका छन्।
सडक पुनः शुरु गर्न डोजरसहित आवश्यक उपकरणको सहयोगमा भग्नावशेष हटाउने काम भइरहेको छ। तर, निरन्तर वर्षाका कारण पैह्रो हटाउन गाह्रो भएको छ।
यो जानकारी रुकुम पूर्वकी प्रमुख जिल्ला अधिकारी कोपिला राईले दिएकी हुन्। सडक खोल्न सिस्ने र भुमे गाउंपालिकामा पनि जेसीबी तैनाथ गरिएको उनले बताइन्। पैह्रोले सडक क्षतिग्रस्त भएको छ। सडक पूर्ण रूपमा पक्का हुन समय लाग्न सक्छ।
वर्षा जारी रहेसम्म अर्को पैह्रोको खतरा रहने प्रशासनले चेताउनी दिएको छ। यसैले, यात्रुहरूलाई सावधानी अपनाउन र जोखिमका क्षेत्रहरूमा अनावश्यक यात्रा गर्नबाट जोगिन आग्रह गरेको छ।
--------
हिन्दुस्थान समाचार / बिशाल