
काठमाडौँ, 13 अगस्त (हि.स.)। नेपालको रोल्पामा भूस्खलनबाट मर्नेहरूको सङ्ख्या 3 पुगेको छ। दुर्घटनामा 9 जना बेपत्ता छन् भने दुई घाइतेलाई उद्धार गरिएको छ।
बुधबार राति करिब 11ः40 बजी रोल्पाको थबड़ गाउँपालिकाको बोटलबारास्थित घरको माथिल्लो भागबाट अचानक भूस्खलन भएको हो। भूस्खलनमा कमलबहादुर पुनमगर र 6 वटा घर भग्नावशेषमा दबिए।
जिल्ला पुलिस कार्यालय रोल्पाका अनुसार, दुर्घटनामा 60 वर्षीय कमलबहादुर पुनमगर, 18 वर्षीय शान्ति पुनमगर र 71 वर्षीय मनरखी पुनमगरको मृत्यु भएको छ। घाइतेहरूको पहिचान 22 वर्षीय हिमल पुनमगर र 25 वर्षीय सञ्जय घरतिमगरका रूपमा भएको छ। पुलिस र स्थानीयको सहयोगमा राहत र उद्धार कार्य जारी छ। घाइतेहरूलाई उपचारका लागि अर्को स्थानमा सार्ने तयारी भइरहेको छ।
बेपत्ता भएका व्यक्तिहरूमा 40 वर्षीया जुनकुमारी पुनमगर, 9 वर्षीय असीम पुनमगर, 6 वर्षीय अशोक पुनमगर, 75 वर्षीय दलबहादुर पुनमगर, 80 वर्षीय अजम्बर पुनमगर, 78 वर्षीय बलबहादुर पुनमगर, 72 वर्षीय लिलबहादुर पुनमगर, 71 वर्षीय मणि पुनमगर र 67 वर्षीय हस्तकला रोकामगर छन्।
जिल्ला पुलिस कार्यालय रोल्पाका पुलिस उपाधीक्षक (डीएसपी) पञ्चकुमार बाखुका अनुसार, भूस्खलनमा कुल 10 जना बेपत्ता भएको बताइएको छ, जसमध्ये एक जनाको शव बरामद भएको छ।
-------
हिन्दुस्थान समाचार / बिशाल