धेमाजी आतङ्कवादी हमलाका पीड़ितहरूलाई मुख्यमन्त्रीले दिए श्रद्धाञ्जली
धेमाजी आतङ्कवादी हमलाका पीड़ितहरूलाई मुख्यमन्त्रीले दिए श्रद्धाञ्जली


गुवाहाटी, 15 अगस्त (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले शनिवार वर्ष 2004-मा भएको भयानक धेमाजी आतङ्कवादी हमलामा ज्यान गुमाउने अबोध बाल-बालिका, शिक्षक-शिक्षिका तथा अन्य निर्दोष मानिसहरूप्रति गहिरो श्रद्धाञ्जली अर्पण गरे।

मुख्यमन्त्रीले सोशल मीडिया पोस्टमा भने, धेमाजीको त्यो पीड़ादायी घटना असमको हिंसा अनि उग्रवादको भयानक कालो इतिहासको एउटा दस्तावेज हो। उनले भने, आज असम शान्ति, स्थिरता औ विकासको नयाँ युगमा अगाड़ि बढ़िरहेको छ। प्रत्येक बाल-बालिकालाई सुरक्षित वातावरणमा शिक्षा प्राप्त गर्ने, सपना देख्ने तथा उज्जवल भविष्य बनाउने अवसर प्राप्त भइरहेको छ।

डा. सरमाले भने, यस दिन राज्य फेरि एकटपक सङ्कल्पबद्ध भएको छ कि असममा यस्तो हृदयविदारक घटनाको पुनरावृत्ति कहिल्यै नहोस्। उनले स्थायी शान्ति, सद्भाव तथा सुरक्षालाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande