
सोरेङ, 15 अगस्त (हि.स.)। सोरेङ जिल्ला प्रशासनले जिल्ला प्रशासनिक केन्द्र, सोरेङमा ८०औँ स्वतन्त्रता दिवस देशभक्तिको भावना, उत्साह र गम्भीरताका साथ मनाएको छ। गार्ड अफ अनरपछि उपस्थित सबैले राष्ट्रिय गीतमा सहभागी भई देशभक्ति, एकता र गौरवको भावना अभिव्यक्त गरेका थिए। कार्यक्रमको समापन राष्ट्रिय गानसँगै भयो।
जिल्ला प्रशासनिक केन्द्र सोरेङमा आयोजित ८०औँ स्वतन्त्रता दिवस समारोहले नागरिकहरूमा राष्ट्रिय गौरव, एकता तथा लोकतान्त्रिक मूल्य-मान्यताको भावना अभिवृद्धि गर्ने जिल्ला प्रशासनको प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको बताइएको छ।
समारोहमा सोरेङका जिल्लापाल धीरज सुबेदी लगायत सोरेङका पुलिस अधीक्षक नहकुल प्रधान, अतिरिक्त जिल्लापाल सोरेङ डीआर बिष्ट, अतिरिक्त पुलिस अधिक्षक सोरेङ परशुराम शर्मा विभिन्न विभागका प्रमुखहरू सरकारी अधिकारीहरू, पुलिसकर्मी तथा विभिन्न विभागका कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
---------------
हिन्दुस्थान समाचार / बिशाल