म्यानचेस्टर सुपर जायन्ट्सले रच्यो इतिहास, ट्रेन्ट रकेट्सलाई हराउँदै पहिलोपटक ‘द हन्ड्रेड’ को उपाधि जित्यो
द हंड्रेड के खिताब के साथ मैनचेस्टर सुपर जायंट्स की टीम


लन्डन, १७ अगस्त (हि.स.)। लर्ड्सको ऐतिहासिक मैदानमा म्यानचेस्टर सुपर जायन्ट्स (यसअघि म्यानचेस्टर ओरिजिनल्स) ले आफ्नो तेस्रो प्रयासमा अन्ततः उपाधि जित्न सफल भएको छ। टिम सेफर्टको आक्रामक ७२ रनको उत्कृष्ट पारीको मद्दतमा सुपर जायन्ट्सले फाइनलमा शीर्ष स्थानमा रहेको ट्रेन्ट रकेट्सलाई पाँच विकेटले पराजित गर्दै पहिलोपटक पुरुष ‘द हन्ड्रेड’ को उपाधि आफ्नो नाममा गरेको हो।

यस जितसँगै म्यानचेस्टर सुपर जायन्ट्सले फाइनलमा बेहोरेका पछिल्ला दुई हारको बदला पनि लिएको छ। टोली २०२२ मा ट्रेन्ट रकेट्स र २०२३ मा ओभल इन्भिन्सिबल्ससँग फाइनलमा पराजित भएको थियो।

नूर अहमदले रकेट्सलाई दिए शुरुवाती झट्का

पहिले ब्याटिङ गरेको ट्रेन्ट रकेट्सले फिन एलेन र बेन डकेटबीच ४८ रनको साझेदारी गर्दै राम्रो सुरुवात गरेको थियो। तर अफगानिस्तानका लेग स्पिनर नूर अहमदले चार बलको अन्तरमा दुवै ओपनरलाई आउट गर्दै खेलको दिशा परिवर्तन गरिदिए।

एनीयूरिन डोनाल्डले मैदानमा आउनेबित्तिकै नूर अहमदमाथि आक्रमण गर्दै पहिलो छ बलमा १७ रन बनाए। तर उनी १९ बलमा ३८ रन बनाएर आउट भए। त्यसपछि रकेट्सको स्कोर ९७/५ पुगेको थियो।

ग्रेगरी-स्यान्टनरले सम्हाले रकेट्सको पारी

संकटमा परेको ट्रेन्ट रकेट्सलाई लुइस ग्रेगरी र मिचेल स्यान्टनरले सम्हाले। ग्रेगरीले लियाम डसन र गस एट्किन्सनविरुद्ध लगातार छक्का प्रहार गर्दै अन्तिम ३० बलमा ६१ रन जोडे। उनको योगदानमा रकेट्सले १०० बलमा १५८/८ को बलियो स्कोर बनाउन सफल भयो।

म्यानचेस्टर सुपर जायन्ट्ससामु १५९ रनको लक्ष्य थियो। लक्ष्य पछ्याउन मैदानमा उत्रिएको सुपर जायन्ट्सलाई टिम सेफर्टले शुरुदेखि नै आक्रामक शुरुवात दिलाए। उनले मोहम्मद आमिरको शुरुवाती पाँच बलमा १४ रन बनाए। त्यसपछि पल वाल्टरसँग मिलेर केवल ३१ बलमा ६१ रनको साझेदारी गरे।

सेफर्टले मात्र २३ बलमा अर्धशतक पूरा गरे। उनले ३८ बलमा सात छक्काको मद्दतले ७२ रन बनाएर टोलीको जितको आधार तयार पारे। उत्कृष्ट प्रदर्शनका लागि उनलाई प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी अर्थात् एमभीपी घोषित गरियो। उनले प्रतियोगिताभर कुल ३९४ रन बनाए।

कप्तान जोस बटलरले १४ बलमा २३ रनको तीव्र पारी खेले भने लुस डु प्लोयले नटआउट २७ रन बनाउँदै टोलीलाई लक्ष्यनजिक पुर्‍याए।

अन्तिम ओभरमा डसनको छक्काले दिलायो उपाधि

सेफर्ट आउट भएपछि ट्रेन्ट रकेट्सले खेलमा पुनरागमन गर्ने प्रयास गरेको थियो। हेनरिक क्लासेन उत्कृष्ट क्याचमा आउट भए भने माइकल ब्रेसवेल दोस्रो बलमै खाता नखोली पभेलियन फर्किए। खेल अन्तिम पाँच बलसम्म पुगेको थियो।

तर दबाउपूर्ण अवस्थामा लियाम डसनले उत्कृष्ट संयम प्रदर्शन गर्दै बेन स्यान्डरसनको बललाई मिडविकेटमाथिबाट छक्काका लागि प्रहार गरे। उक्त छक्कासँगै सुपर जायन्ट्सले ९८ बलमा १६२/५ रन बनाउँदै पाँच विकेटको जित हासिल गर्‍यो र पहिलोपटक ‘द हन्ड्रेड’ को पुरुष उपाधि आफ्नो नाममा गर्‍यो।

संक्षिप्त स्कोर:

ट्रेन्ट रकेट्स: १५८/८

एनीयूरिन डोनाल्ड ३८

लुइस ग्रेगरी ३२

बेन डकेट ३१

नूर अहमद ३/३३, सन्नी बेकर २/३४

म्यानचेस्टर सुपर जायन्ट्स: १६२/५

टिम सेफर्ट ७२; मोहम्मद आमिर ३/२९

क्याल्भिन ह्यारिसन २/३०

सुपर जायन्ट्स पाँच विकेटले विजयी।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande