
बहरमपुर, 18 अगस्त (हि.स.)। मुर्शिदाबाद जिल्लामा नाबालिकाहरूले गर्भधारण गरिरहेको मामिलालाई लिएर कङ्ग्रेस नेता अधिर रञ्जन चौधरीले चिन्ता व्यक्त गरेका छन्। विशेष रूपमा जिल्लाका सुती, शमशेरगञ्ज लगायत अन्य क्षेत्रहरूमा 12-14 वर्षका नाबालिकाहरूले गर्भधारण गरेको मामिलाले चिन्ता बढ़ाएको छ।
यस मुद्दामा मङ्गलवार अधिर रञ्जन चौधरीले भने, यस सम्बन्धमा समाजका अधिकांश मानिसहरूलाई जागरूक गराउन आवश्यक छ। उनले भने, छोरीहरूले कानूनले दिएको उमेरभन्दा पहिला विवाह गर्नु कानूनी अपराध हो जसको निम्ति कानूनले अनुमति दिँदैन।
चौधरीले भने, यदि यस किसिमको विवाह गोप्य रूपमा जारी रह्यो भने यो प्रशासनिक निगरानीको कमजोरीको सङ्केत हो। उनले यस समस्याको समाधान गर्नको लागि समाजमा व्यापक स्तरमा जागरूकता अभियान सञ्चालन गर्ने आवश्यकतामाथि बल दिए।
उनले भने, समाजमा जागरूकता बढ़ाउनाले कानूनी उेमेरभन्दा पहिला हुने यस्ता विवाहहरूलाई रोक्नमा मद्दत मिल्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा