
पश्चिम बर्दवान, 18 अगस्त (हि.स.)। जिल्लाको बाराबनी विधानसभा क्षेत्र अन्तर्गत पाँच गछियाको गान्धी नगक्षेत्रमा लगातार परिरहेको पानीले गर्दा एक गरीब परिवारको घर भत्कियो। यसरी घर भत्किएपछि सगु साव र उनको परिवारमाथि गम्भीर सङ्कट आइलागेको छ।
घटनाको सूचना पाएर भाजपा जिल्ला नेता अभिजीत रायले घटनास्थलमा पुगी सम्पूर्ण मामिलाको जायजा लिए। परिवारको तत्काल आवश्यकतालाई ध्यानमाराखेर स्थानीय स्तरमा बस्ने व्यवस्था पनि गरिएको छ।
पीड़ित सगु सावले अभिजीत रायलाई आफ्नो स्थिति बताउँदै भने, पछिल्लो लगभग 15 वर्षदेखिको उनको पक्का घर बन्न सकेको छैन। लगातार पानी परेको कारणले उनको पुरानो घर पनि पूर्ण रूपले भत्कियो जसले गर्दा परिवारको टाउको लुकाउने ठाउँ पनि रहेन।
परिवारको समस्यालाई सुनेपछि अभिजीत रायले उनीहरूलाई भरोसा दिलाए, उनीहरूको समस्या समाधान गर्नको लागि चाँड़ै नै सम्बन्धित स्तरमा प्रयास गरिनेछ। उनले भने, परिवारको आवश्यकता अनुरूप हरसम्भव सहायता उपलब्ध गराउने प्रयास गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा