एसएफए ए डिभिजन एस-लिगमा गान्तोक हिमालयन र सिक्किम आक्रमण एफसी विजयी
आक्रमण एफसी


हिमालयन एससी


गान्तोक, 18 अगस्त (हि.स.)। एसएफए ए डिभिजन एस-लिग २०२६ अन्तर्गत मंगलबार भएका दुई खेलमा गान्तोक हिमालयन एससी र सिक्किम आक्रमण एफसीले जित दर्ता गरेका छन्।

लिगको २३औँ खेलमा गान्तोक हिमालयन एससीले नर्दर्नर्स फुटबल क्लबलाई २-१ गोलले पराजित गर्‍यो। खेल शुरु भएको तेस्रो मिनेटमै थुप्देन वाङचुक शेर्पाले गोल गर्दै गान्तोक हिमालयनलाई अग्रता दिलाए। नर्दर्नर्सका कर्मा तोप्देन भोटियाले १७औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। तर, १९औँ मिनेटमा आयुष बिष्टले गोल गरेपछि गान्तोक हिमालयनले २-१ को अग्रता बनायो। बाँकी समयमा दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि थप गोल हुन सकेन।

यसैगरी, लिगको २४औँ खेलमा सिक्किम आक्रमण एफसीले जोङ्ग्री फुटबल क्लबलाई ६-१ को फराकिलो अन्तरले हरायो। जोङ्ग्रीका रोनाल्ड सिंहले ३२औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए पनि सिक्किम आक्रमणले उत्कृष्ट पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पार्‍यो।

सिक्किम आक्रमणका लागि कर्मा थुप्देनले ४३औँ र ६६औँ मिनेटमा दुई गोल गरे। यसरी नै प्रशान्त छेत्रीले ४४औँ र ८५औँ मिनेटमा दुई गोल गरे। बक्सर प्रधानले ८२औँ तथा लाक्पा नर्बु शेर्पाले ८७औँ मिनेटमा गोल गरेपछि सिक्किम आक्रमणले ६-१ को शानदार जित सुनिश्चित गर्‍यो।

एसएफए ए डिभिजन एस-लिग २०२६ सिक्किम फुटबल संघ (एसएफए) ले अखिल भारतीय फुटबल महासंघको तत्वावधानमा राजधानीको पाल्जोर स्टेडियममा आयोजना गरिरहेको छ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande