
सिलगढ़ी, 21 अगस्त (हि.स.)। केन्द्रिय गृहमन्त्री अमित शाहले शुक्रवार सिलगढ़ीको भ्रमणका क्रममा देशको सीमा सुरक्षा र विशेषगरी रणनीतिक रूपमा महत्त्वपूर्ण सिलगढ़ी कोरिडोरको सुरक्षाप्रति केन्द्र सरकारको प्रतिबद्धता दोहोऱ्याए। सीमा सुरक्षासम्बन्धी कुनै पनि आवश्यकता पूरा गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको उनले बताए।
अमित शाहले सिलगढ़ीमा सशस्त्र सीमा बल (एसएसबी) का विभिन्न विकास परियोजनाहरूको उद्घाटन र शिलान्यास समारोहमा भाग लिए। यस अवधि उनले एसएसबीका जवानहरूलाई पनि भेटे र कुराकानी गरे। कार्यक्रममा बोल्दै अमित शाहले एसएसबीको कार्यक्रममा भाग लिने मौका पहिलो पटक पाएको बताए। उनले एसएसबीलाई देशको सम्प्रभुता र सुरक्षाको अटूट प्रहरी भएको बताए।
कार्यक्रममा गृहमन्त्रीले सीमा सुरक्षा सम्बन्धी कार्यका लागि जमीन उपलब्ध गराउन ढिलाइ गरेकोमा अघिल्लो राज्य सरकारलाई प्रहार गरे। सीमा सुरक्षा बलियो बनाउन केन्द्र सरकारले साल 2024 देखि 1,129 एकड़ जमीन मागिरहेको तर बारम्बार अनुरोध गरेपनि जमीन उपलब्ध नगराइएको उनले बताए। यस सन्दर्भमा पूर्व मुख्यमन्त्रीलाई कार्यक्रममा आमन्त्रित गरिएपनि उनी कार्यक्रममा हिस्सा नलिएको शाहले आरोप लगाए।
यसको विपरित अमित शाहले वर्तमान मुख्यमन्त्री सुभेन्दु अधिकारीका कार्यकालमा प्रशासनिक स्तरमा समर्थन प्राप्त गरेको दाबी गरे। उनले भने कि अब यस्तो प्रणाली सिर्जना गरिएको छ, जसमा प्रशासनिक स्वीकृति पहिले आउँछ र पत्र पछि आउँछ। कार्यक्रममा उनले सिलगढ़ीमा लगभग 80 एकड़ जमीनमा नयाँ प्रशासनिक भवन निर्माण गर्ने घोषणा पनि गरे।
गृहमन्त्रीले देशको सीमा सुरक्षाको साथसाथै पूर्वाधार सुदृढ़ीकरण पनि केन्द्र सरकारको प्राथमिकता रहेको बताए। लाल किल्लामा भव्य वन्दे मातरम समारोहको उल्लेख गर्दै उनले देशको समग्र सुरक्षा, पूर्वाधार र सिमानालाई बलियो बनाउन केन्द्र सरकारले हरेक आवश्यक कदम चाल्ने बताए। राज्य प्रशासनसँग राम्रो समन्वय गरेर आगामी दिनमा देशको सुरक्षा अझ् सुदृढ़ हुने उनले बताए।
हिन्दुस्थान समाचार / भवानी थामी