
गान्तोक, 24 अगस्त (हि.स.)। गेजिङ जिल्ला प्रशासनिक केन्द्रमा सोमवार जिल्ला जल तथा स्वच्छ मिशन (डीडब्ल्यूएसएम) समितिको बैठक सम्पन्न भएको छ। जिल्लापाल तेञ्जिङ डी डेञ्जोङ्पाको अध्यक्षतामा सम्पन्न बैठकले जल जीवन मिशन (जेजेएम), स्वच्छ भारत मिसन-ग्रामीण (एसबीएम-जी) र जिल्लामा अन्य जल तथा स्वच्छसम्बन्धी गतिविधिहरूको प्रगतिको समीक्षा गर्यो।
यस अवसरमा सम्बन्धित विभाग, गेजिङ जिल्लाको जिल्ला पञ्चायत, खण्ड प्रशासनिक केन्द्र, जनस्वास्थ्य अभियान्त्रिकी विभाग, जलस्रोत विभागका अधिकारी र ग्राम पञ्चायतका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। बैठकमा समितिले जिल्लामा कार्यसूची र यसका निर्धारित लक्ष्यहरूमा सामूहिक रूपमा छलफल गर्यो।
जिल्लापालको अध्यक्षतामा समितिका सदस्यहरूले सुजलाम भारत नक्साङ्कन प्रक्रिया, ई-ग्राम स्वराज लगइनको प्रगति र ग्रामीण बजार केन्द्र (आरएमसी)-को स्थितिमा क्रमबद्ध रूपमा छलफल गरे। यसअवधि धरातलीयस्तरमा जमिनमा आरएमसी र बसोबासको विवरण प्रमाणित गर्ने र अनलाइन रेकर्डहरूमा सही रूपमा प्रतिबिम्बित हुने विषय सुनिश्चित गर्ने आवश्यकतामाथि पनि प्रकाश पारियो। प्रमाणीकरण र नक्साङ्कन गर्दा सम्बन्धित ब्लक र प्राविधिक टोलीहरूलाई पीएचईडीसँग नजिकबाट काम गर्न निर्देश दिइयो।
बैठकमा कार्यात्मक र गैरकार्यात्मक योजनासहित जेजेएम जलापूर्ति योजनाहरूको स्थितिको पनि समीक्षा गरियो। समितिले नियमित क्षेत्र भ्रमण, समयमै मरम्मत र सम्पन्न योजनाहरूको उचित सञ्चालन र मर्मतसम्भारमा जोड़ दियो।
जलापूर्ति, गैर-कार्यात्मक योजना र भुक्तानी-सम्बन्धित मुद्दाहरूलाई लिएर गुनासाहरूमा विशेष ध्यानकेन्द्रित गर्दै गुनासो निवारण समितिको प्रतिवेदनमा छलफल गरियो। समितिले क्षेत्रीय मुद्दाहरू रिपोर्ट गर्न र ढिलाइ नगरी अनुगमन गर्न सकोस् भनेर सरल र उत्तरदायी ब्लकस्तरीय समन्वय संयन्त्रको आवश्यकतामा जोड़ दियो। वित्तीय प्रगति र बाँकी दायित्वहरूको पनि समीक्षा गरियो र सम्बन्धित अधिकारीलाई रेकर्डहरू अद्यावधिक राख्न, कामहरूको भौतिक र वित्तीय प्रगति मिलाउन र स्वीकृत योजना र तोकिएका दिशानिर्देशअनुसार खर्च गरिएको सुनिश्चित गर्न सल्लाह दिइयो।
एसबीएम-जी अन्तर्गत समितिले कार्यान्वयनको वर्तमान स्थितिको समीक्षा गर्यो र नियमित मरम्मतसम्भारमा जोड़ दियो। वन तथा पर्यावरण एवं शिक्षा विभागसँग मिलेर प्लास्टिक फोहोर व्यवस्थापन एकाइ (पीडब्ल्यूएमयू), गेजिङ, पर्यावरण महोत्सवमाथि छलफल गरियो। खण्डस्तरमा क्षेत्र भ्रमणमार्फत उपयुक्त नर्सरी स्थलहरूको पहिचानमाथि छलफल गरियो।
बैठकले योकसममा 72औँ बटालियन एसएसबी शिविर वरिपरि सरसफाइ र सड़क व्यवस्थापन मुद्दाहरूको थप समीक्षा गर्यो। जिल्लापाल डेञ्जोङ्पाले सदनलाई सम्बोधन गर्दै कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका लागि विभाग, प्राविधिक टोली, बीडीओ र ग्राम पञ्चायतहबीच नियमित क्षेत्र अनुगमन र समन्वय आवश्यक रहेकोमा जोड दिए। उनले सम्बन्धित अधिकारीहरूलाई क्षेत्रस्तरीय समस्याहरूलाई तुरुन्तै सम्बोधन गर्न र जल तथा सरसफाइ सम्पत्तिहरूको उचित मरम्मत सुनिश्चित गर्न आह्वान गरे।
बैठक खुल्ला छलफल सत्र पनि आयोजन गरिएको थियो, जसको क्रममा समितिका सदस्यहरूले क्षेत्रस्तरीय चिन्ता र सुझाउहरू साझा गरे। समितिले जिल्लामा जेजेएम, एसबीएम-जी र अन्य सम्बद्ध कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका लागि निरन्तर समन्वय र समयमै अनुगमनको लागि आह्वान गर्यो।
---------------
हिन्दुस्थान समाचार / बिशाल