उपराज्यपालले सबै एजेन्सीहरूलाई उच्च तालमेल राखेर द्रूत गतिमा काम गर्ने निर्देश दिए
उपराज्यपालले सबै एजेन्सीहरूलाई उच्च तालमेल राखेर द्रूत गतिमा काम गर्ने निर्देश दिए


नयाँ दिल्ली, 24 अगस्त (हि.स.)। दिल्लीका उपराज्यपाल तरनजीत सिंह सन्धूले सोमवार दिल्ली पुलिस, दिल्ली विकास प्राधिकरण, दिल्ली नगरनिगम औ दिल्ली फायर सर्भिसबीच एक समन्वय बैठकको अध्यक्षता गरे। बैठकमा सबै एजेन्सीहरूलाई उच्च तालमेल राखेर काम गर्नेमाथि बल दिइयो।

उपराज्यपालले सोशल मीडिया अकाउन्ट एक्समा पोस्ट गर्दै भने, सबै एजेन्सीहरूले भिन्न-भिन्न रूपमा काम गर्नको सट्टा आपस्तमा उच्च तालमेल राखेर काम गरे उचित हुनेछ। विशेष गरी ती मामिलाहरूमा जहाँ द्रूतगतिमा मिलेर काम गर्न आवश्यक छ। उनले एक एक सुरक्षित, श्रेष्ठ ढङ्गमा प्रबन्धित औ विकसित दिल्ली बनाउने दिशामा मुख्य नागरिक औ प्रशासनिक प्राथमिकताहरूमाथि तय समय-सीमाभित्रमा काम गर्ने, स्पष्ट जवाफदेही तय गर्ने तथा धरातलीय स्तरमा द्रूत परिणाम ल्याउने निर्देश दिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande