
कोलकाता, 24 अगस्त (हि. स.)। कोलकाताको एसएसकेएम अस्पताल परिसरमा सोमवार अपरान्ह एउटा रूख ढलेर एकजना महिलाको मृत्यु भयो। मृत महिलाको पहिचान राहिदा बीबी (46)- को रूपमा भएको छ जो बीरभूम जिल्लाको नलहाटी निवासी रहेको बताइएको छ।
जानकारी अनुसार सोमवार अपरान्ह ट्रमा केयर बिल्डिङ्ग बाहिर अचानक एउटा रूखको हाँगा झऱ्यो। त्यसबेला राहिता बीबी रूखमुनि बसेकी थिइन्, त्यसैले रूखको हाँगा उनीमाथि झऱ्यो। भनिन्छ, उनी अस्पतालमा भर्ती एकजनारोगीको आफन्त थिइन्। घटनाको सूचना पाएर भवानीपुर थानाको पुलिस घटनास्थलमा पुग्यो। पुलिसले शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाउने प्रक्रिया शुरू गरेको छ। साथै यो पत्तो लगाउने प्रयास गरिरहेको छ कि रूखको हाँका अचानक कुन परिस्थितिमा झऱ्यो।
सोमवार एसएसकेएम अस्पताल परिसरमा कुनै ठूलो तूफान वा तीव्र हावा चलेको सूचना छैन। त्यसैले यो घटनाले शङ्काहरू जन्माउनु स्वभाविक हो। यो समाचार लेखुञ्जेलसम्म अस्पताल प्रशासन र पुलिसले घटनाको कारणलाई लिएर विस्तृत जानकारी दिएको थिएन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा