
जोरहाट, 24 अगस्त (हि.स.)। जोरहाटमा सोमवार बिहान आएको तूफान आएको कारणले लगभग 62 वटा चराहरू (समुक भोंगा)- को मृत्यु भएका छन् भने 68 वटा चराहरू घाइते भएका छन्। सो जानकारी वन विभागका अधिकारीहरूले दिएका हुन्। यो घटना जोरहाट शहरमा भएको हो जहाँ जहाँ धेरै वटा रूखहरू घोघा खाने चराहरूको आवास रहेका छन्। तूफानपछि क्षेत्रमा धेरै वटा पक्षीहरूलाई मृत वा घाइते पाइयो। घाइते पक्षीहरूलाई जोरहाट क्षेत्रीय वन कार्यालयमा लगियो जहाँ चराहरूलाई हाल विभागीय अधिकारीहरूको हेरचाहमा राखिएको छ।
वन अधिकारीहरूले भने, घाइते पक्षीहरूलाई उपचार अनि अग्रिम हेरचाहको लागि काजीरङ्गाको पानबारीमा लगिनेछ। वन विभागकाएकजना रेञ्जरले भने, घाइते पक्षीहरूको उपचारको लागि आवश्यक कदम उठाइँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा