मणिपुरको सेनापति जिल्लामा फेरि भड़्कियो हिंसा, सीआरपीएफ अधिकारी घाइते
मणिपुरको सेनापति जिल्लामा फेरि भड़्कियो हिंसा, सीआरपीएफ अधिकारी घाइते


इम्फाल, 24 अगस्त (हि.स.)। मणिपुरको सेनापति जिल्ला अन्तर्गत ताफौ क्षेत्रमा सोमवार विहान फेरि हिंसा भड़्कियो। सशस्त्र उपद्रवीहरूले अलग-अलग समुदायसित सम्बन्धित दुई वटा घरहरूमा आगो लाग्यो। घटनापछि क्षेत्रमा ब्याप्त तनाउलाई मध्यनजर गर्दै अतिरिक्त सुरक्षा बलहरूलाई तैनाथ गरिएको छ।

पुलिस र स्थानीय सूत्र अनुसार भोर बिहान 2:30 -3 बजेबीच कुकी ताफौमा एक कुकी परिवारको घरमा आगो लगाइदियो। यसको केही समयपछि नै लगभग 4 बजे 9औं मणिपुर राइफल्स पोस्टको छेउमा कथित रूपमा जवाफी आगलागीको घटना भयो जसमा पौमाई/लियाङ्गमेई समुदायको एक नागा परिवारको घर जलेर नष्ट भयो।

बिहान लगभग 9:20 बजे क्षेत्रमा सशस्त्र समूहहरूबीच गोलीकाण्ड शुरू भयो। यस अवदि 36औं बटालियन सीआरपीएफका सब-इन्स्पेक्टर प्रदी सिंहको खुट्टामा गोली लाग्यो। उनलाई उपचारको लागि सेनापति जिल्ला अस्पतालमा लगियो।।

स्थानीय सूत्र मुताविक शुरुआती आगलागी भएको ठाउँमा आगो निभाउन पुगेका दमकलकर्मीहरूको स्थानीय मानिसहरूले विरोध गरे। त्यसपछि क्षेत्रका विभिन्न भागमा सड़क अवरोधका घटनाहरू भएको बताइन्छ।

ताफौ र वरपरको स्थिति हाल तनाउपूर्ण भएको छ। नागा र कुकी समुदायबीच भएको तनाउलाई अझ बढ़्नदेखि रोक्नको लागि अतिरिक्त सुरक्षा बललाई तैनाथ गरिएको छ। स्थानीय प्रशासन र नागरिक सङ्गठनहरूले सबै पक्षसित शान्ति कायम राख्ने, कुनै पनि प्रकारको जवाफी हिंसादेखि बच्न तथा सुरक्षा बलहरूको शान्ति प्रयासमा सहयोग गर्ने अपील गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande