डिब्रुगढ़को बकपारा बाइपासमा भयानक सड़क दुर्घटना, एकजनाको मृत्यु
डिब्रुगढ़को बकपारा बाइपासमा भयानक सड़क दुर्घटना, एकजनाको मृत्यु


डिब्रुगढ़ (असम), 24 (हि.स.)। असमको डिब्रुगढ़स्थित बकपारा बाइपासमा सोमवार भएको एक भीषण सड़क दुर्घटनामा एकजना व्यक्तिको घटनास्थलमा मृत्यु भयो भने एकजना महिला र बच्चा सहित तीन जना मानिसहरू गम्भीर रूपमा घाइते भए।

दुर्घटना मारुति 800 कार, सीएनजी अटो र स्कुटी आपस्तमा ठोक्किएर भएको हो। दुर्घटनामा अटो चालक राजगढ़ निवासी धर्मकान्त गोगोईको घटनास्थलमै मृत्यु भयो।

अटो सवार एकजना महिलाको अवस्था गम्भीर रहेको बताइएको छ भने मारू वाहनको चालक र अघिल्लो सीटमा बसेको एकजना बालिका गम्भीर रूपमा घाइते भए। घाइतेहरूलाई उपचारको लागि अस्पतालमा लगियो। दुर्घटनाको कारण अहिलेसम्म थाहा लागेको छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande