
गुवाहाटी, 24 अगस्त (हि.स.)। गुवाहाटीको बामुनी मैदान रेलवे कलोनीमा रेलवे विभागले सोमवार अतिक्रमण विरोधी अभियान सञ्चालन गर्दै लगभग 40 वटा अवैध घरहरूलाई बुलोजरले ध्वस्त बनाइदियो।
रेलवे विभागको जमीनमा लामो समयदेखिको अवैध रूपमा घर बनाएर मानिसहरू बसोबास गर्दै आएका थिए। भनिन्छ, यसमा अधिकांश अतिक्रमणकारीहरू रेलवे विभागका पूर्व कर्मचारीहरू छन्।
रेलवे विभागले लगभग दश दिनअघि मात्र यी अवैध कब्जाधारीहरूलाई ठाउँ खाली गर्ने नोटिस जारी गरिएको थियो। नोटिसको अवधि पूरा भएपछि विभागले कारबाही गर्दै अवैध निर्माणहरूलाई हटायो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा