
राजौरी, 28 अगस्त (हि.स.)। भारतीय सेनाले राजौरी जिल्लाको नियन्त्रण रेखा (एलओसी) मा पाकिस्तानी ड्रोनद्वारा गरिएको घुसपैठको प्रयासलाई विफल बनायो।
राजौरीको नौसेरा क्षेत्रको रुमलिधारा नजिकै भारतीय हवाई क्षेत्रमा तीन वटा ड्रोन प्रवेश गरेको अधिकारीहरूले बताएका छन्। सतर्क सैनिकहरूले ड्रोनहरूको गतिविधि महसूस गरे र तुरुन्तै काउन्टर-ड्रोन प्रणालीहरू सक्रिय गरे। यस द्रूत कारबाहीका कारण तीन वटै ड्रोन सीमापार फर्किनुपऱ्यो। सावधानी अन्तर्गत यस क्षेत्रमा खोजी अभियान पनि शुरु गरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी