
बारामुल्ला, 28 अगस्त (हि.स.)। उत्तरी कश्मीरको बारामुल्ला जिल्लाको कुन्जेर क्षेत्रको वुसान बाङ्गिलमा नाका जाँचका क्रममा एक जना व्यक्तिबाट दुई वटा ह्यान्ड ग्रेनेड जफत भएको छ।
कुन्जेर पुलिस थाना, एसओजी कुन्जेर, सीआरपीएफ 176 बटालियन र सेनाको 2 राष्ट्रिय राइफल्सको संयुक्त टोलीले यो जाँच गरिरहेको थियो। सवारी साधन र पैदल यात्रीहरूको जाँचका क्रममा सुरक्षाकर्मीहरूलाई देखेर कुन्जेरको हरदु अबुरा निवासी शाकिर नबी लोनले भाग्न खोजे तर घटनास्थलमै समातिए।
खोजीको क्रममा उनीदेखि दुई वटा ह्यान्ड ग्रेनेड जफत भएको बताइएको छ। रिकभरीपछि कानून सम्बन्धी धारा अन्तर्गत कुन्जेर पुलिस थानामा एफआइआर दर्ता गरियो। घटनाको थप अनुसन्धान जारी छ।
/ बिशाल