
कोलकाता, 30 अगस्त (हि.स.)। पश्चिम बङ्गालमा आइतवार मौसम मुख्य रूपमा बादलहरूले घेरिएको हुनेछ। राज्यका अधिकाँश भागहरूमा हल्कादेखि मध्यम तथा मेघ गर्जनसितै पानी पर्ने सम्भावना छ। भारत मौसम विज्ञान विभागको कोलकाता केन्द्र अनुसार उत्तर-पश्चिम बङ्गालको खाड़ी र संलग्न पश्चिम बङ्गाल-ओडिशा तटमा विकसित निम्न दबाव आगामी 48 घण्टाभित्रमा पश्चिम-उत्तर-पश्चिम दिशा तर्फ अग्रसर हुनसक्छ। यसैको प्रभावले वर्षाको गतिविधि बढ़ेको हो।
दक्षिण बङ्गालका लगभग सबै जिल्लाहरूमा आज हल्कादेखि मध्यम वर्षा वा मेघ गर्जनसितै वर्षा हुने सम्भावना छ। पूर्व मेदिनीपुर, पश्चिम मेदिनीपुर, झाड़ग्राम, दक्षिण 24 परगना, हावड़ा औ बाँकुड़ामा एक-दुई ठाउँ भारी वर्षा हुनसक्छ यी क्षेत्रहरूमा बिजुली चम्किनको साथै तीव्र हावा चल्ने चेताउनी दिइएको छ।
कोलकाता, हुगली र हावड़ामा बादल लागिरहने साथै केही स्थानहरूमा वर्षा पनि हुने सम्भावना छ। कोलकातामा आज घना वर्षा, बिजुली चम्किने अनि 30-40 किलोमीटर प्रतिघण्टाो गतिले तीव्र हावा चल्नसक्छ।
उत्तर 24 परगना दक्षिण र दक्षिण 24 परगनामा पनि वर्षासितै मेघ गर्जिनसक्छ। दक्षिण 24 परगनाका एक-दुई ठाउँहरूमा मुसलधारे पानी पर्नको साथै 40-50 किलमीटर प्रतिघण्टाको गतिले तीव्र हावा चल्नसक्छ।
पूर्व मेदिनीपुर, पश्चिम मेदिनीपुर एवं झाड़ग्राममा आज पानी पर्ने सम्भावना अधिक छ। मौसम विभागले यी जिल्लाहरूमा घना वर्षा हुने, तीव्र हावा चल्ने अनि वज्रपात हुने चेताउनी दिएको छ। विशेष गरी पूर्व मेदिनीपुर र दक्षिण 24 परगनामा तीव्र हावालाई लिएर सतर्कता अप्नाउन भनिएको छ।
बाँकुड़ा र पुरुलियामा पनि मेघ गर्जनसितै वर्षा हुनसक्छ। केही स्थानहरूमा 30-40 किलोमीटर प्रतिघण्टाको गतिले हावा चल्ने सम्भावना छ। पश्चिम बर्दवानमा वर्षासितै बिजुली चम्किनसक्छ।
उत्तर बङ्गालका सबै जिल्लाहरूमा आज हल्कादेखि मध्यम वर्षा अनि मेघ गर्जनसितै वर्षा हुनसक्छ। दार्जीलिङ, कालेबुङ, जलपाईगुड़ी, अलिपुरद्वार, कुचबिहार, उत्तर दिनाजपुर, दक्षिण दिनाजपुर औ मालदामा कतै-कतै तीव्र हावा एवं आकाशीय बिजुलीसितै वर्षा हुने सम्भावना छ।
जलपाईगुड़ीमा सोमवार एक-दुई ठाउँमा घना वर्षा हुनसक्छ। दार्जीलिङ, कालेबुङ, जलपाईगुड़ी र अलिपुरद्वारमा आगामी दुई-तीन दिनसम्म वर्षाको गतिविधि कायम रहनसक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा