
गुवाहाटी, 31 अगस्त (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले सोमवार भारतका पूर्व राष्ट्रपति एवं भारत रत्न प्रणव मुखर्जीको पुण्यतिथिमा उनलाई श्रद्धाञ्जली अर्पण गरे।
मुख्यमन्त्रीले सोशल मीडिया पोस्टको माध्यमबाट प्रणव मुखर्जीलाई दूरदर्शी राष्ट्रनायक, प्रज्ञावान चिन्तक औ कुशल प्रशासक बताए। उनले भने, आफ्नो लामो सार्वजनिक जीवनकालमा प्रणव मुखर्जीले देशको विकास अनि प्रगतिमा अद्वितीय योगदान दिए।
मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भने, असमको विकास र प्रगतिमा पनि प्रणव मुखर्जीको सहयोग सदैव स्मरणीय रहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा