
नयाँ दिल्ली, 31 अगस्त (हि.स.)। दिल्ली सरकारले स्वच्छ, हरित औ सुन्दर राजधानी बनाउने सङ्कल्पलाई अघि बढ़ाउँदै डिक्सन टेक्नोलजीज लिमिटेड तथा कनोडिया ग्रुपसित दिल्ली सचिवालयमा सोमवार सम्झौता ज्ञापन (एमओयू)-मा हस्ताक्षर गरेको छ। यस अवसरमा दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता, लोक निर्माण मन्त्री प्रवेश साहिब सिंह सहित सम्बन्धित विभागका वरिष्ठ अधिकारीहरू उपस्थित थिए।
मुख्यमन्त्री रेखा गुप्ताले सोशल मीडिया अकाउन्ट एक्समा पोस्ट गरी बताइन्, यस साझेदारी अन्तर्गत फ्लाइओभरहरू मुनिको खाली स्थानहरूको सौन्दर्यीकरण हुनेछ, फुटपाथहरूको सर-सफाी तथा स्तरीय रखरखाउ गरिनेछ, ग्रीन बेल्टलाई सजाइनेछ तथा पिलरहरूमा भारतीय संस्कृति, आधुनिक कला औ पर्यावरण संरक्षणसित सम्बन्धित सन्देशहरू लेखिनेछ।
यस साझेदारी अन्तर्गत डिक्सन टेक्नोलजीज लिमिटेड र कनोडिया ग्रुपले दीपाली चौक फ्लाइओभर मुनिको क्षेत्रको सौन्दर्यीकरण एवं विकास, पिलरहरूमा भारतीय संस्कृति, आधुनिक कला औ पर्यावरण आधारित चित्रकारी, मथुरा रोड र एमपी मार्गको ग्रीन बेल्टको जीर्णोद्धार तथा प्रदूषण-रोधी बोट-बिरूवाहरूसितै ड्रिप सिचाई र बार लगाउने व्यवस्था गर्नेछ। कर्पोरेट सोशल रिस्पोन्सिबिलिटी (सीएसआर)- को माध्यमबाट हुने यी कार्यहरू दिल्लीका सार्वजनिक स्थलहरूलाई अधिक स्वच्छ हरियाली, व्यवस्थित एवं जनोपयोगी बनाउनमा सहायक साबित हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा