कछारमा दश हजार याबा ट्याबलेसितै व्यक्ति पक्राउ
कछारमा दश हजार याबा ट्याबलेसितै व्यक्ति पक्राउ


कछार (असम), 31 अगस्त (हि.स.)। एनडीपीएस पदार्थहरूको तस्करी भइरहेको सूचनाको आधारमा कछार जिल्लाको लखिपुर थाना अन्तर्गत टोलेनग्राममा पुलिसले नाका राखेर एउटा वाहनलाई रोक्यो। वाहनमा सवार एकजना व्यक्तिलाई हिरासतमा लिइयो।

स्वतन्त्र साक्षीहरूको उपस्थितिमा वाहनको जाँच गर्दा पुलिसले दश हजार याबा ट्याबलेट जसको वजन 1.131 किलोग्राम रहेको छ, जफत गऱ्यो। यस मामिलामा पुलिसले एएस-11एई-5595 नम्बरधारी मारूतिलाई पनि जफत गऱ्यो।

पक्रा पर्ने व्यक्तिको पहिचान फकरुल हुसैन चौधरी (32)- को रूपमा भएको छ जो नूर इस्लाम चौधरीको छोरा तथा कछार जिल्लाको लखिपुर थाना क्षेत्रको बिन्नाकान्दी चेङ्गजुर ग्रान्ट गाउँको निवासी रहेको बताइएको छ। मामिलामा अग्रिम कानूनी कारबाही गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande