भागोप्रमोबाट सभासद रतन कुमार थापाले दिए राजीनामा
Ratan thapa


खरसाङ, ३१ अगस्त (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) केन्द्रिय समितिका सांगठनिक सचिव एवं सभासद रतन कुमार थापाले पार्टीको सांगठनिक सचिव पदसँगै साधारण सदस्यबाट समेत राजीनामा दिएका छन्। थापाले सोमबार पार्टी केन्द्रिय समिति, दार्जिलिङका अध्यक्ष/सचिवलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका हुन्।

राजीनामा पत्रमा उनले आफूले आजदेखि केन्द्रिय समितिको सांगठनिक सचिव तथा पार्टीको साधारण सदस्य पदबाट राजीनामा दिएको उल्लेख गरेका छन्। साथै, उनले आफ्नो राजीनामा पत्र यथाशीघ्र स्वीकृत गरिदिन पार्टी नेतृत्वसमक्ष अनुरोध गरेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande