पश्चिम बङ्गालः अधिकांश जिल्लाहरूमा मेघ गर्जनसितै वर्षा हुने सम्भावना
पश्चिम बङ्गालः अधिकांश जिल्लाहरूमा मेघ गर्जनसितै वर्षा हुने सम्भावना


कोलकाता, 06 अगस्त (हि.स.)। पश्चिम बङ्गालमा बुधवार अधिकांश जिल्लाहरूको आकाशलाई बादलले ढाक्नको साथै हल्कादेखि मध्यम वर्षा तथा केही स्थानहरूमा मेघगर्जनसितै पानी पर्ने सम्भावना रहेको छ। मौसम विभाग अनुसार दक्षिण बङ्गाल औ उत्तर बङ्गालका अधिकांश भागहरूको वातावरणमा नमी यथावत रहनेछ भने कतै-कतै वर्षा पनि हुनसक्छ।

राजधानी कोलकाता, हावड़ा, हुगली, उत्तर एवं दक्षिण 24 परगना, पूर्व एवं पश्चिम मेदिनीपुर, झाड़ग्राम, बाँकुड़ा, पुरुलिया, पूर्व एवं पश्चिम बर्दवान, बीरभूम, नदिया, मुर्शिदाबाद, मालदा तथा उत्तर औ दक्षिण दिनाजपुरमा दिनभरि बादल लाग्नको साथै रोकिँदै पानी पर्नसक्छ। केही स्थानहरूमा मेघ गर्जन अनि बिजुली चम्किने आशङ्का पनि छ।

यता जलपाईगुड़ी, अलिपुरद्वार, कुचबिहार, दार्जीलिङ औ कालेबुङ सहित उत्तर बङ्गालका पर्वतीय तथा तराई क्षेत्रहरूमा मध्यमदेखि तीव्र वर्षाको श्रृङ्खला कायम रहनसक्छ। पहाड़का पैह्रो सम्भावित क्षेत्रहरूमा सतर्कता अप्नाउने सल्लाह दिइएको छ।

राज्यको अधिकतम तापमान 2932 डिग्री सेल्सियस तथा न्यूनतम तापमान लगभग 26 डिग्री सेल्सियस रहने अनुमान छ। आद्रता 85-90 प्रतिशत रहनाले बाफिनसक्छ। मौसम विभागले मानिसहरूलाई मेघ गर्जन हुँदा खुल्ला मैदान,खेत अनि रूख मुनि बस्नदेखि बच्ने अनि आवश्यक सतर्कता अप्नाउने अपील गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande