नाम्चीमा खण्डस्तरीय एथलेटिक्स मिट सम्पन्न
नाम्चीमा खण्डस्तरीय एथलेटिक्स मिट सम्पन्न


नाम्ची, 10 सेप्टेम्बर (हि.स.)। नाम्ची जिल्लाको खेलकुद तथा युवा मामिला विभागले विद्यालय खेलकुद २०२६ अन्तर्गत खण्डस्तरीय एथलेटिक्स मिट बिहीबार नाम्ची पब्लिक स्कूलको खेलमैदानमा सम्पन्न गरेको छ।

प्रतियोगितामा नाम्ची खण्डका सरकारी तथा निजी विद्यालयका १६२ जना विद्यार्थी खेलाडीले १७ वर्षमुनिका छात्र तथा छात्रा विधामा १००, ४००, ८०० र १५०० मिटर दौड, लङ्ग जम्प तथा शटपुट लगायतका खेलमा सहभागिता जनाए।

प्रतियोगिता नाम्चीका खेलकुद तथा युवा मामिला विभागका उपनिर्देशक बसन्त प्रधानको समग्र निगरानीमा सम्पन्न भएको थियो। विभागीय कर्मचारी, शिक्षक, भौतिक शिक्षा शिक्षक तथा प्रशिक्षकहरूको सक्रिय सहयोग रहेको थियो।

प्रतियोगिताका उत्कृष्ट खेलाडीहरूलाई योग्यतापत्र प्रदान गरिनुका साथै उनीहरू आगामी जिल्लास्तरीय एथलेटिक्स मिट प्रतियोगिता २०२६ मा खण्डको प्रतिनिधित्व गर्न छनोट भएका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande