शपिङ्ग मलमा फायर सेफ्टी अडिट, अधिकारीहरूले सुरक्षा व्यवस्थाको जाँच गरे
शपिङ्ग मलमा फायर सेफ्टी अडिट, अधिकारीहरूले सुरक्षा व्यवस्थाको जाँच गरे


सिलगढ़ी, 12 सेप्टेम्बर (हि.स.)। शहरमा अग्नि सुरक्षा व्यवस्थालाई मजबुत बनाउनको निम्ति फायर सेफ्टी विभागले लगातार निरीक्षण अभियान सञ्चालन गरिरहेको छ। यसै क्रममा शनिवार शहरको व्यस्त सेवक रोडस्थित एक नामी शपिङ्ग मलमा अधिकारीहरूले फायर सेफ्टी व्यवस्थाको विस्तृत निरीक्षण गरे।

अधिकारीहरूले मलका विभिन्न भागहरूको जायजा लिनका साथै अग्निशमन उपकरण, फायर एग्जिट, आपातकालीन निकासी मार्ग, पानीको व्यवस्था, वाटर मोटर र आगो निभाउनको लागि प्रयोग हुने अन्य उपकरमहरूको जाँच गरे।

निरीक्षणको क्रममा विशेष रूपमा यो हेरियो, आपत स्थितिमा मलभित्र रहेका मानिसहरू सुरक्षित द्रूत गतिमा बाहिर निक्लिन सकुन्। यसको लागि फायर एग्जिट पर्याप्त मात्रामा छ कि छैन, निकासी मार्गहरूमा कुनै प्रकारको बाधा त छैन तथा ती सबै निर्धारित मानदण्ड अनुसार प्रयोग गर्ने योग्यको छन् कि छैनन्, यसको पनि जाँच गरियो।

सिलगढ़ी फायर स्टेशनका अधिकारी धर्मेन्द्र कृष्ण रायले बताए, शहरका विभिन्न महत्वपूर्ण संस्थानहरू तथा व्यवसायिक प्रतिष्ठानहरूमा फायर सेफ्टी व्यवस्थाको जाँच गरिँदैछ। मलमा रहेका सबै अग्निशमन उपकरणहरूसँगसँगै पानीको मोटर र अन्य सुरक्षा प्रणालीहरूले सही ढङ्गमा काम गरिरहेको छ कि छैन, त्यसको पनि जाँच गरिँदैछ।

उनले भने, फायर अडिटको एक महत्वपूर्ण उद्देश्य यो सुनिश्चित गर्नु हो कि आगलागीको स्थितिमा मलमा उपस्थित मानिसहरू सुरक्षित र चाँड़ै बाहिर निक्लिन सकुन् अनि राहत एवं बचाउ कार्यलाई द्रूत गतिमा शुरू गर्न सकियोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande