मुख्यमन्त्री तामाङले एसबीएसको वार्षिक लाभांशको चेक ग्रहण गरे
मुख्यमन्त्री तामाङले एसबीएसको वार्षिक लाभांशको चेक ग्रहण गरे


गान्तोक, 12 सेप्टेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले शनिबार मिन्तोकगाङमा सिक्किम राज्य ब्याङ्क (एसबीएस) का अध्यक्ष डीबी गुरुङको नेतृत्वमा आएको टोलीसँग भेट गरेका छन्। टोलीमा सल्लाहकार वीरेनचन्द्र राई, प्रबन्ध निर्देशक फुर्बा वाङ्दी भोटिया तथा वरिष्ठ अधिकारीहरू सहभागी थिए।

भेटका क्रममा मुख्यमन्त्रीले आर्थिक वर्ष २०२५-२६ का लागि सिक्किम सरकारको ब्याङ्कमा रहेको शेयर स्वामित्वबापत प्राप्त हुने वार्षिक लाभांशको चेक ग्रहण गरे। मुख्यमन्त्री तामाङले सिक्किम राज्य ब्याङ्कका अधिकारी तथा कर्मचारीहरूले प्रदर्शन गर्दै आएको मेहनत, समर्पण र प्रतिबद्धताको प्रशंसा गर्दै उनीहरूको निरन्तर प्रयासले राज्यको ब्याङ्किङ संस्थाको विकास र प्रगतिमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए।

उनले ब्याङ्कको सम्पूर्ण टोलीलाई शुभकामना दिँदै उत्कृष्टता, प्रतिबद्धता र सिक्किमका जनताको सेवाको भावनासहित ब्याङ्कले आगामी दिनमा पनि निरन्तर प्रगति गर्दै जाने विश्वास व्यक्त गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande