जलपाइगढी जिल्ला स्कूलका प्रधान शिक्षकमाथि कुटपिट मामिलाः चार जना छात्र हिरासतमा
जलपाइगढी जिल्ला स्कूलका प्रधान शिक्षकमाथि कुटपिट मामिलाः चार जना छात्र हिरासतमा


जलपाइगढी, 12 सेप्टेम्बर (हि.स.)। जलपाइगढी जिल्ला स्कूलका प्रधान शिक्षकमाथि कुटपिट भएको मामिलामा पुलिसले चार जना छात्रहरूलाई हिरासतमा लिएकोछ। कोतवाली थानाको पुलिसले पहिला एकजना छात्रलाई हिरासतमा लिएको थियो भने शनिवार थप तीन जना छात्रहरूलाई हिरासतमा लिइयो। यसरी यस मामिलामा हिरासतमा लिइएका छात्रहरूको सङ्ख्या चार पुगेको छ।

पुलिस सूत्र अनुसार चारै जना छात्रहरूलाई शनिवार जुवेनाइल जस्टिस बोर्ड समक्ष पेश गरियो। अर्कोतिर घटनामा कथित रूपमा सामेल छात्रहरूलाई स्कूलबाट टीसी (ट्रान्सफर सर्टिफिकेट) पनि दिने जानकारी सार्वजनिक भएको छ।

उल्लेखनीय छ, शिक्षक दिवसको दिन भएको एउटा घटनालाई लिएर जलपाईगुड़ी जिल्ला स्कूलमा प्रधान शिक्षक र छात्रहरूमाझ विवाद भएको थियो। आरोप छ, त्यसपछि केही छात्रहरूले प्रधान शिक्षकलाई कुटे जसमा उनी घाइते भए। घटनापछि कोतवाली थानाको पुलिसले जाँच शुरू गऱ्यो। पहिला एकजना छात्रलाई हिरासतमा लिइयो। पछि जाँच गर्ने क्रममा थप तीन जनाको नाम मुछिएपछि तिनीहरूलाई पनि हिरासतमा लिइयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande