भारत वैश्विक विकासको इञ्जन र भरोसायोग्य साझेदार भएर उभिएको छ: रेखा गुप्ता
भारत वैश्विक विकासको इञ्जन र भरोसायोग्य साझेदार भएर उभिएको छ: रेखा गुप्ता


नयाँ दिल्ली, 12 सेप्टेम्बर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले भनिन्, आज द्रूत विकास, आधुनिक इन्फ्रास्ट्रक्चर, डिजिटल शक्ति, आत्मनिर्भरता, वैश्विक व्यापार होस् वा तकनिक, हरेक क्षेत्रमा भारतले आफ्नो मजबुत पहिचान बनाइरहेको छ। एक समयमा विश्वले भारतलाई एउटा ठूलो बजारको रूपमा मात्र हेर्थ्यो भने आज त्यहीँ भारत वैश्विक विकासको इञ्जिन, भरोसायोग्यको साझेदार तथा निर्णायक आवाज भएर उभिएको छ।

मुख्यमन्त्रीले शनिवार एक्सको पोस्टमा भनिन्, भारतमा यो परिवर्तन आफै-आफ आएको होइन। यसको पछाड़ि प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदृष्टि, कठिन निर्णय लिने साहस औ 140 करोड़ भारतीयहरूको शक्तिमाथि उनको अटुट विश्वास रहेको छ। आज दुनियाँका ठूल्ठूला मञ्चहरूमा भारतको कुरा सुनिन्छ, भारतको भूमिकालाई महत्व दिइन्छ तथा भारतसित अगाड़ि बढ़्ने दुनियाँको आकाङ्क्षा स्पष्ट रूपमा देखिन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande