लगभग 17 घण्टापछि हुमायुँ कबीरले धरना समाप्त गरे
लगभग 17 घण्टापछि हुमायुँ कबीरले धरना समाप्त गरे


मुर्शिदाबाद, 13 सेप्टेम्बर (हि.स.)। पार्टी कार्यकर्तामाथि पुलिसद्वारा कथित दुर्व्यवहार औ झुटो मुद्दा दर्ता गरिएको विरोधमा लगभग 17 घण्टासम्म धरना दिएपछि आइतवार बिहान ‘आम जनता विकास पार्टी’- का चेयरम्यान तथा नवदाका विधायक हुमायुं कबीरले आफ्नो धरना समाप्त गरे। बिहान लगभग नौ बजे उनले शक्तिपुर थाना अगाड़िबाट धरनालाई उठाए।

हुमायुँ कबीर गए शनिवार साँझ लगभग चार बजेदेखि शक्तिपुर थाना अगाड़ि धरनामा बसेका थिए। उनको आऱोप छ, रेजीनगर विधानसभा उपचुनाउपूर्व उनको पार्टीका कार्यकर्ता अनि समर्थकहरूलाई पुलिस प्रशासनले झुटो मामिलामा फसाउनको साथै उनीहरूसित अन्यायपूर्ण व्यवहार गरिरहेको छ।

विधायक अनुसार गए शनिवार राती लगभग नौ बजे उनी खाना खानको लागि बाहिर जाँदा थानाको मुख्य गेट बन्द गरियो। उनले रातभरि थानाको गेट अगाड़ि धरना गरे। अबेर रातीसम्म उनी कार्यकर्ता र समर्थकहरूसित कुर्सीमा बसिरहे। केही समय उनले आफ्नो वाहनको सीटमा आराम गरेपछि बिहान फेरि धरनामा बसे।

तथापि आइतवार बिहान धरना समाप्त गरियो। तर हुमायुँ कबीरले स्पष्ट पारे, उनको आन्दोलन समाप्त भएको छैन। उनले आइतवार साँझ रेजीनगर थाना अगाड़ि नयाँ शिराबाट धरनामा बस्ने चेताउनी दिएका छन्। उनले भने, उनी लड़ाईँको मैदानबाट पछाड़ि हट्ने छैनन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande