गान्धी नगरमा छतबाट झरेर युवकको मृत्यु
गान्धी नगरमा छतबाट झरेर युवकको मृत्यु


नयाँ दिल्ली, 13 सेप्टेम्बर (हि.स.)। पूर्वी दिल्लीको गान्धी नगर थाना क्षेत्रको नामदेव गल्लीमा आइतवार बिहान सवेरै छतबाट झरेर एकजना 30 वर्षीय युवकको मृत्यु भयो। मृतकको पहिचान दीपकको रूपमा भएको छ। पुलिस यो पत्तो लगाउन जुटेको छ कि युवक छतबाट गल्तीले झरेको हो वा उसलाई कसैले धक्का दिएको हो। ममिलाको जाँच गर्नको लागि क्राइम र फोरेन्सिक टीमले पनि घटनास्थलबाट प्रमाण जुटाएको छ।

पुलिस अनुसार बिहान लगभग 5:20 बजे सूचना प्राप्त भयो, नामदेव गल्लीको सड़कमा एकजना मानिस घाइते अवस्थामा लड़ििरहेको छ। सूचना पाएपछि गान्धी नगर थानाको पुलिस घटनास्थलमा पुग्यो। जाँच गर्दा थाहा लाग्यो, युवक छतबाट झरेको थियो। उसको अवस्था गम्भीर थियो।

घटनास्थलमा क्राइम टीम र फोरेन्सिक विशेषज्ञहरूलाई बोलाइयो। टीमले घटनास्थलको निरीक्षणगरी आवश्यक प्रमाण जुटायो। पुलिसले वरपरको सीसीटीभी क्यामराको फुटेज पनि जाँच गरिरहेको छ ताकि घटनापूर्व युवकको गतिविधि र उसित उपस्थित रहेका अ्य मानिसहरूको बारेमा जानकारी जुटाउन सकियोस्।

पुलिस अधिकारीहरू मुताविक हाल यो स्पष्ट हुन सकेको छैन कि दीपक आफै छतबाट झरेको हो वा उसलाई कसैले धक्का दिएको हो। दुवै पाटोलाई ध्यानमाराखेर जाँच गरिँदैछ। शवलाई पोस्टमर्टम गर्नको लागि पठाइएको छ। पोस्टमर्टम रिपोर्टले पनि मृत्युको परिस्थिति स्पष्ट पार्न मद्दत गर्नेछ।

पुलिस अनुसार दीपक मूल रूपमा बिहारको किशनगञ्ज पिपला निवासी थिए। यस मामिलामा वरपरका मानिसहरूसित पनि जाँचबुझ गरिँदैछ। जाँच पूरा भएपछि घटनाको सही कारण उदाङ्गिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande