नगाउँ उपचुनाउः बदरूद्दीन अजमल एआईयूडीएफका सम्भावित उम्मेद्वार
नगाउँ उपचुनाउः बदरूद्दीन अजमल एआईयूडीएफका सम्भावित उम्मेद्वार


गुवाहाटी, 15 सेप्टेम्बर (हि.स.)। नगाउँ लोकसभा उपचुनाउको निम्ति अल इण्डिया यूनाइटेड डेमोक्रेटिक फ्रन्ट (एआईयूडीएफ)- का उम्मेद्वारको नामलाई लिएर चर्चा तीव्र भएको छ। पार्टी अध्यक्ष बदरुद्दीन अजमलले नै यो उपचुनाउ लड़्ने सम्भावना व्यक्त गरिँदैछ। पार्टीको अर्का रूचिकर उम्मेद्वार रेजाउल करिम सरारले भने, नगाउँ उपचुनाउ जित्ने उद्देश्यले उनको चाहना छ कि पार्टी अध्यक्ष बदरुद्दीन अजमल नै चुनावी स्पर्धा गरुन्।

रेजाउल करिम सरकारले भने, यदि नगाउँमा एआईयूडीएपको जीत सुनिश्चित गर्ने लक्ष्य छ भने बदरुद्दीन अजमलले नै चुनाउ लड़ेको उत्तम हुनेछ। उनको यस बयानबाट सङ्केत पाइन्छ कि पार्टी नेतृत्वहरूले नगाउँ उपचुनाउमा आफ्नो प्रमुख मुहारलाई मैदानमा उतार्नेमाथि विचार गरिरहेका छन्।

नगाउँ लोकसभा सीटमा हुन गइरहेको उपचुनाउ केन्द्रित राजनीतिक गतिविधिहरू तीव्र भएका छन्। विभिन्न दलहरू आफ्नो रणनीतिलाई अन्तिम रूप दिन जुटिसकेका छन्। यस स्थितिमा एआईयूडीएफका उम्मेद्वारको रूपमा बदरुद्दीन अजमलको नाममाथि अन्तिम फसेलालाई महत्वपूर्ण मानिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande