बर्नपुर रिभरसाइडको बाटो बन्द गरिएकोमा स्थानीय मानिसहरूको प्रदर्शन
बर्नपुर रिभरसाइडको बाटो बन्द गरिएकोमा स्थानीय मानिसहरूको प्रदर्शन


आसनसोल, 15 सेप्टेम्बर (हि.स.)। बर्नपुर रिभरसाइडस्थित अफिसर्स कलोनी र नवाघण्टीमाझको सम्पर्क मार्गलाई सेलको आईएसपी नगर सेवा विभागद्वारा बन्द गरिएको विरोधमा मङ्गलवार बिहानदेखिकै स्थानीय मानिसहरूले प्रदर्शन शुरू गरेका छन्। मानिसहरूको भनाइ छ, जबसम्म सड़कका बीच-बीचमा रहेका खाल्डोहरूलाई पुरिँदन, तबसम्म बन्द गरिएको गेटलाई खोल्ने अनुमति दिइनेछैन। प्रदर्शनको कारणले स्थाति तनाउपूर्ण भएको छ।

मामिलाको जानकारी पाउनसाथ भाजपा नेता गौरव ब्यानर्जी र प्रदेश कमिटीका नेता पवन सिंह पनि घटनास्थलमा पुगे। दुवै नेताहरूले स्थानीय मानिसहरूसित बातचित गरी उनीहरूको समस्यालाई सुने अनि आईएसपीको नगर सेवा विभागीय अधिकारीहरूसित पनि उनीहरूले कुराकानी गरे। घटनास्थलमा पुगेको पुलिसले प्रदर्शनकारीहरूलाई आश्वासन दियो, आईएसपीका प्रबन्धन अधिकारीहरूसित बातचित गरी समस्याको समाधान गर्ने प्रयास गरिनेछ।

स्थानीय मानिसहरू अनुसार नवाघण्टी र काला झरिया रोडलाई जोड़्ने यो सम्पर्क मार्ग अफिसर्स कलोनीको भित्रबाट गुज्रिन्छ। नगर सेवा विभागले बेला-बेला यो मार्गलाई बन्द गर्दै आएको छ जसबाट वरपरका मानिसहरूलाई ठूलो असुविधा हुन्छ। उनीहरूको भनाइ छ, यो मार्गले मुख्य सड़कको लामो दूरत्वलाई धेरै कम गर्छ। रिभरसाइड रोड भएर मुख्य सड़कदेखि काला झरिया रोडसम्म पुग्नको लागि लगभग दुई किलोमीटर लामो बाटो हिँड़्नुपर्छ भने नवाघण्टी र काला झरियाबीच यस सम्पर्क मार्गबाट यो दूरत्व आधा किलोमीटरभन्दा कम पर्छ।

स्थानीय मानिसहरूको दाबी छ, पहिला आईएसपी नगर सेवा विभागद्वारा वरपरका मानिसहरूलाई पनि यो मार्ग उपयोग गर्ने अनुमति दिइएको थियो। उनीहरूको भनाइ छ, बाटो बन्द भयो भने दैनन्दिन आवागमनमा समस्या हुन्छ।

यता अफिसर्स कलोनीका मानिसहरूको सिकायत भिन्नै छ। उनीहरूको भनाइ छ, बाटो खुल्लै राखियो भने कलोनी क्षेत्रमा बाहिरका मानिसहरूको आवागमन बढ़ी हुन्छ। कैयौं पटक असामाजिक तथा अराजक तत्वहरू पनि भेला हुन्छन् जसबाट कलोनीवासीहरूलाई समस्या हुन्छ। त्यसैले कलोनीका मानिसहरूको पक्षबाट यस मार्गलाई नियन्त्रण गर्ने माग गरिँदैछ।

मामिलालाई लिएर पवन सिंह र भाजपा नेता गौरव ब्यानर्जीले आईएसपी नगर सेवा विभागका अधिकारीहरूसित बातचित गरे। अधिकारीहरूद्वारा आश्वासन दिइएको छ, स्थानीय मानिसहरूको समस्या र कलोनीवासीहरूको आपत्तिमाथि विचार गरी यस मुद्दामा हल खोज्ने प्रयास गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande