महानन्द ब्यारेजमा डुबेका दुई छात्राको शव भेटियो
महानन्द ब्यारेजमा डुबेका दुई छात्राको शव भेटियो


सिलगढ़ी, 15 सेप्टेम्बर (हि.स.)। शहर संलग्न फूलबाड़ीस्थित महानन्द ब्यारेजमा गत आइतवार नुहाउने क्रममा बेपत्ता भएका दुई जना छात्रहरूको शवलाई मङ्गलवार बिहान उद्धार गरियो। राष्ट्रिय आपदा प्रतिक्रिया बल (एनडीआरएफ)- को टीमले ब्यारेज वरपरको महानन्द नदीमा खोजी अभियान स़ञ्चालन गरी दुवै शवलाई उद्धार गऱ्यो। पहिचानपछि फाँसीदेवा थानाको पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा पठाइदिएको छ।

जानकारी अनुसार गत आइतवार जोटियाकालीको नजिकै अवस्थित नारायणा स्कूलका तीन जना छात्रहरू आफ्ना साथीहरूसित महानन्द ब्यारेजमा नुहाउन पसेका थिए। यीमध्ये दिव्यांश शाहलाई स्थानीय मानिसहरूको सहयोगमा बचाइयो भने प्रागज्योति दास र मोहम्मद सफायेल हुसैन नदीमा डुबेका थिए। दशौं कक्षाका दुवै छात्र स्कूलको होस्टेलमा बस्थे। प्रागज्योतिको घर मालदा र सफायेल हुसैन बङ्गलादेशका निवासी रहेको बताइएको छ।

घटना भएदेखि नै बचाउ दल र पुलिसका टीमहरूले दुवै छात्रहरूलाई खोजिरहेका थिए। गए सोमवार रातीसम्ममा पनि छात्रहरूको बारेमा केही पत्तो लागेको थिएन। मङ्गलवार बिहान सवेरै बचाउ दलले पुनः अभियान शुरू गऱ्यो अनि लगभग आधा घण्टाभित्रमा दुवैै सवलाई नदीबाट उद्धार गऱ्यो।

बचाउ दलका अधिकारीले बताए मुताविक दुवै शव एका-अर्को नजिकै भेटियो। आशङ्का व्यक्त गरिँदैछ, पानीमा डुब्दा दुवैले एका-अर्काको हात समातेका थिए होलान्। त्यसैले उनीहरूको शव सँगै भेटियो। घटनापछि दुवै छात्रको परिवारमा गहिरो शोक छाएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande