
दुर्गापुर, 15 सेप्टेम्बर (हि.स.)। साढ़े तीन वर्षको बालिकलाई बासी तथा सड़िसकेको प्याटिस दिएको आऱोपमा मङ्गलवार दुर्गापुरको बेनाचिटी बजारस्थित स्टील मार्केटमा रड़ाँको मचियो। आरोप छ, एक ब्राण्डेड केक तथा प्याटिस बेच्ने पसलबाट बच्चाको लागि खरिद गरिएको चिकन प्याटिसमा रहेका चिकनका टुक्राहरूबाट दुर्गन्ध आइरहेको थियो।
नेताजी कलोनी निवासी लल्टू दासले बताए, उनी आफ्नी साढ़े तीन वर्षकी छोरीसित उक्त पसलमा गएका थिए। उनले छोरीको लागि त्यहाँबाट एउटा चिकन प्याटिस खरिद गरे। छोरीले प्याटिसको अधिकांश भाग खाइसकेपछि लल्टू दासले प्याटिस चाख्ने परयास गरे। यस अवधि उनलाई चिकनका टुक्राहरूबाट दुर्गन्ध आइरहेको महसूस भयो।
मामिलाको जानकारी पसलका कर्मचारीहरूलाई गराउँदै उनीहरूले कथित रूपमा प्याटिस बासी वा सड़िएको नरहेको बताए। त्यसपछि लाल्टू दासले घटनालाई लिएर ए-जोन पुलिस चौकीमा लिखित सिकायत दर्ता गराए। सिकायत पाएपछि पुलिस घटनास्थलमा पुग्यो अनि पसललाई हाल बन्द गर्ने निर्देश दियो।
सिकायतकर्ताले पुलिससित मामिलाको जाँच गरी उचित कारबाही गर्ने माग गरेका छन्। पसलका म्यानेजरलाई पनि थानामा बोलाइएको छ। पुलिसले बतायो, सम्पूर्ण मामिलाको जाँच शुरू गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा