सोनादामा सेफ ड्राइभ सेभ लाइफ अनि लागू औषधि दुर्व्यवसनमाथि सचेतना कार्यक्रम
सेफ ड्राइभ सेभ लाइफ


सोनादा, १५ सेप्टेम्बर (हि.स.)। सोनादा ट्राफिक पुलिस साथै सोनादा पुलिस आउट पोस्टकाे संयुक्त आयोजनामा सलेसियन कलेजको प्रेक्षागृहमा सेफ ड्राइभ सेभ लाइफ अनि लागू औषध (ड्रग्स) दुर्व्यवसनमाथि सचेतना कार्यक्रमका साथै सलेसियन कलेजको पत्रिका लोकार्पण गरिएको छ।

कार्यक्रममा सोनादा ट्राफिक पुलिसका ओसी सबिन दर्नाल, सोनादा पुलिस आउट पोस्टका प्रभारी विवेक छेत्री, एसआई सुनिल प्रधान, सलेसियन कलेजका उप प्राचार्य टेरेन्स लेप्चा लगायत अन्यहरु उपस्थित रहेका थिए।

हालका दिनहरूमा बढ्दो धेरै गाडी दुर्घटनाका कारण धेरै मानिसहरूले आफ्नो ज्यान गुमाइरहेका छन् छन्। त्यसरी नै लागुऔषध दुर्व्यसनले विशेष गरी युवा पुस्ताको जीवन बर्बाद गर्दै उनीहरूको भविष्य र परिवारको सुख शान्ति खोसिरहेको छ। यस विषयलाई मध्यनजर गर्दै ड्रग्स सेवन रोकथाम विषयमा जनचेतना अभिवृद्धि गर्ने तथा जिम्मेवार व्यवहार अप्नाउन प्रेरित गर्ने उद्देश्यले यस सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको थियो।

कार्यक्रमका क्रममा सडक सुरक्षा तथा सवारी दुर्घटनाका दुष्परिणामसम्बन्धी छोटो वृत्तचित्र (डोकुमेन्ट्री) प्रदर्शन गरिएको थियो। यस कार्यक्रममा कलेजका विद्यार्थीहरु, सिविक भोलेन्टियरहरु, पुलिस कर्मचारीहरु र अन्यहरु उपस्थित रहेका थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande