पर्यावरण र पर्यटन विकास सम्बन्धमा मन्त्री डा शंकर घोषसित भेटवार्ता
पर्यावरण र पर्यटन विकास सम्बन्धमा मन्त्री डा शंकर घोषसित भेटवार्ता


खरसाङ, १५ सेप्टेम्बर (हि.स.)। भाजपा सुकना पानीघट्टा मण्डल अध्यक्ष अजय शर्माको नेतृत्वमा पश्चिम बंगाल सरकारका पर्यटन मन्त्री डा. शङ्कर घोषसँग एक महत्त्वपूर्ण तथा फलदायी भेटवार्ता भएको छ। भेटवार्तामा सुकना, पानीघट्टा तथा यस वरिपरी सम्पूर्ण क्षेत्रहरूलाई पर्यावरण-पर्यटन (इको-टुरिजम) को रूपमा अघि बढाउने र नयाँ सम्भावनाहरू उजागर गर्ने विषयमा गहन छलफल गरिएको जानकारी अध्यक्ष अजय शर्माले दिएका छन्।

तिनले जनाए अनुसार, यस क्षेत्रको प्राकृतिक सौन्दर्यलाई पर्यटन मानचित्रमा स्थापित गर्दै स्थानीय स्तरमा पूर्वाधार निर्माण र युवाहरूका लागि प्रत्यक्ष स्वरोजगारका अवसरहरू सिर्जना गर्ने उनीहरूको साझा संकल्प रहेको छ। प्रतिनिधिमण्डलमा मण्डल अध्यक्ष अजय शर्मा, युवा मण्डल अध्यक्ष ब्रिजेश प्रसाद, उपाध्यक्ष पारस छेत्रीलगायत कार्यकारिणी सदस्यहरू र सुकना पानीघट्टा मण्डलका समर्पित कार्यकर्ताहरू उपस्थित रहेको जानकारी प्राप्त भएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande