
कोलकाता, 15 सेप्टेम्बर (हि.स.)। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले मङ्गलवार बिहान भारत रत्न मोक्षगुण्डम विश्वेश्वरैया र प्रसिद्ध साहित्यकार एवं कथाकार शरतचन्द्र च्याटर्जीको जयन्तीमा दुवैलाई श्रद्धाञ्जली अर्पण गरे। उनले सामाजिक सञ्जालको माध्यमबाट सन्देश जारी गर्दै दुवै विभूतिहरूको योगदानलाई स्मरण गरे।
मुख्यमन्त्री शुभेन्दु अधिकारीले विश्वेश्वरैयालाई स्मरण गर्दै लेखे, “प्रख्यात सिभिल इञ्जीनियर, कुशल प्रशासक औ भारत रत्न मोक्षगुण्डम विश्वेश्वरैयाको जन्म जयन्तीमा राष्ट्रिय इञ्जीनियर्स दिवसको शुभकामना।”
उनले शरतचन्द्र च्याटर्जीलाई ‘अपराजेय कथाशिल्पी’ बताउँदै उनको जयन्तीमा विनम्र श्रद्दाञ्जली अर्पण गरे अनि साहित्यको क्षेत्रमा उनको योगदानलाई स्मरण गरे।
उल्लेखनीय छ, मोक्षगुण्डम विश्वेश्वरैयाको जन्म 15 सेु्टेम्बर, 1861-मा कर्नाटकको चिक्काबल्लापुरमा भएको थियो। देशको विकास अनि जनहितमा उनले पुऱ्याएको योगदानको कदर गर्दै वर्ष 1955 मा उनलाई भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्नद्वारा सम्मानित गरिएको थियो। उनको जयन्तीलाई प्रत्येक वर्ष 15 सेप्टेम्बरमा इ़ञ्जीनियरर्स दिवसको रूपमा मनाइन्छ।
यसरी नै शरतचन्द्र च्याटर्जीको जन्म 15 सेप्टेम्बर, 1876 मा बङ्गालको देबानन्दपुरमा भएको थियो। उनले उपन्यास र कथाहरूको माध्यमबाट तत्कालीन समाज, परिवार औ आम मानिसहरूको जीवनलाई प्रभावशाली ढङ्गमा प्रस्तुत गरे। ‘देवदास’, ‘श्रीकान्त’, ‘परिणीता’, ‘चरित्रहीन’ र ‘पथेर दाबी’ उनका प्रमुख रचनाहरूमा सामेल छन्। 16 जनवरी, 1938-मा उनका निधन भएको थियो। उनका रचनाहरू आज पनि पाठकहरूमा लोकप्रिय छन् भने भारतीय साहित्यमा उनको योगदान अविस्मणरमीय छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा