
गुवाहाटी, 15 सेप्टेम्बर (हि.स.)। नगाउँ लोकसभा उपचुनाउको लागि कङ्ग्रेसको उम्मेद्वार बनाइएकोमा शिवामणि बोराले मङ्गलवार गौरव गोगोईलाई धन्यवाद दिए। बोराले टिकट पाएपछि सोशल मिडियामा एउटा पोस्टको माध्यमबाट गोगोईप्रति आभार व्यक्त गरे।
शिवामणि बोराले भने, नगाउँमा उनी नै चुनाउको मुख्य फ्याक्टर हुन्। उनले दाबी गरे, आगामी उपचुनाउमा उनको जीत सय प्रतिशत सुनिश्चित छ। बोराले भने, उनलाई चुनाउमा आफ्नो जीतप्रति पूर्ण भरोसा छ, उनी निश्चित रूपमा विजयी हुनेछन्।
नगाउँ लोकसभा सीट कङ्ग्रेस सांसद प्रद्युत बरदलैले पार्टी छोड़का कारण रिक्त भएको छ। यस सीटमा आगामी 6 अक्टोबरको दिन उपचुनाउ भइरहेको छ भने यसको मतगणना 9 अक्टोबरमा हुनेछ। कङ्ग्रेस उम्मेद्वारका रूपमा शिवामणि बोराको नाम घोषणा भएपछि नगाउँमा चुनावी स्पर्धा अझ चाखलाग्दो भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा