पश्चिम बङ्गालका केही जिल्लाहरूमा पानी पर्ने अनुमान
पश्चिम बङ्गालका केही जिल्लाहरूमा पानी पर्ने अनुमान


कोलकाता, 15 सेप्टेम्बर (हि.स.)। पश्चिम बङ्गालमा सक्रिय मनसुनका कारण केही भागहरूमा वर्षाको श्रृङ्खला कायम रहने अनुमान छ। दक्षिण बङ्गालका अधिकांश जिल्लाहरूमा आंशिक रूपमा बादल लाग्नको साथै हल्कादेखि मध्यम वर्षा हुनसक्छ। कतिपय स्थानहरूमा बिजुली चम्किने, तीव्र हावा चल्ने तथा पानी पर्ने सम्भावना छ। गए समवार पनि राज्यका धेरै वटा ठाउँहरूमा वर्षा दर्ता गरिएको थियो।

कोलकाता लगायत यस वरिपरीका क्षेत्रहरूमा मङगलवार मौसम गर्मी र आद्रतापूर्ण रहनसक्छ। अधिकतम तापमान लगभग 34-35 डिग्री सेल्सियस औ न्यूनतम तापमान 26-27 डिग्री सेल्सियस लगभग रहने अनुमान छ। शहरमा कतै-कतै पानी पर्ने अ्नि बिजुली चम्किने सम्भावना पनि छ। उपलब्ध पूर्वानुमानमा आगामी केही दिनसम्म कोलकातामा वर्षा अनि बिजुली चम्किने श्रृङ्खला यथावत रहनसक्छ।

दक्षिण बङ्गालका पूर्व र पश्चिम मेदिनीपुर, झाड़ग्राम, पुरुलिया, बाँकुड़ा, दक्षिण 24 परगना, हावड़ा, हुगली, पूर्व एवं पश्चिम बर्दवान, बीरभूम, नदिया, मुर्शिदाबाद तथा वरपरका जिल्लाहरूका भिन्न-भिन्न भागहरूमा पानी पर्नसक्छ। पश्चिमी जिल्लाहरूमा अपरान्हपछि मेघ गर्जनसितै पानी पर्ने सम्भावना अधिक छ। मौसमको हालैको पूर्वानुमानमा पूर्व र पश्चिम मेदिनीपुर, झाड़ग्राम, पुरुलिया तथा दक्षिण 24 परगनामा घना वर्षाको चेताउनी दिइएको थियो।

उत्तर बङ्गालमा पनि पानी पर्ने सम्भावना प्रबल छ। दार्जीलिङ, कालेबुङ, जलाईपुगीड़ी,अलिपुरद्वार तथा कुचबिहारमा हल्का वर्षा हुनसक्छ। केही क्षेत्रहरूमा घना वर्षा हुनेसम्भावना छ। मालदा तथा उत्तर र दक्षिण दिनाजपुरमा पनि मेघ गर्जनसितै वर्षा हुनसक्छ।

मौसम विभागको पूर्वानुमान मुताविक आगामी केही दिनसम्मै राज्यका विभिन्न भागहरूमा वर्षाको सिलसिला कायम रहनसक्छ। त्यसैले तल्लो क्षेत्रहरूमा जलभराउ र स्थानीय स्तरमा यातायात प्रभावित हुने स्थिति उत्पन्न हुनसक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande