
कोलकाता, 16 सेप्टेम्बर (हि.स.)। राज्यका पञ्चायत एवं ग्रामीण विकास मन्त्री दिलीप घोषले बुधवार एक कार्यक्रम अवधि कङ्ग्रेसमााथि चर्को प्रहार गरे। न्यू टाउनमा पत्रकारहरूसित कुराकानी गर्दै उनले आऱोप लगाए, कङ्ग्रेसले जनतालाई केही पनि दिएन, लुटेको मात्र छ।
दिलीप घोषले भने, यदि जनताले कुनै मामिलामा सीमा पार भइरहेको महसूस गऱ्यो भने निश्चित रूपमा उनीहरूले यसको विरोध ग र्नेछन्। उनले कङ्ग्रेसमाथि हरेक मुद्दामा हस्तक्षेप गरेको आरोप लगाउँदै ब्रिक्स सम्मेलन अवधि विदेशी अतिथिहरूलाई पस्किएको भोजनमाथि उठाएको प्रश्नको उल्लेख गरे।
उनले भने, राहुल गान्धीदेखि लिएर पी. चिदम्बरमसम्मले यस मुद्दामा आपत्ति जनाएका थिए। जबकि सम्मेलनमा भोजन गर्ने विदेशी अतिथिहरूलाई कुनैसमस्या भएन। उनीहरूले भारतीय भोजनको प्रशंसा गरे। दिलीप घोषले भने, कङ्ग्रेसले आफ्नो मानसिकता परिवर्तन गर्न आवश्यक भएको छ।
दुई हजार रुपियाँभन्दा अधिक मर्चेन्ट लेनदेनमा 0.4 प्रतिशत यूपीआई शुल्क लगाइएको सम्बन्धमा प्रश्न गर्दा दिलीप घोषले भने, हरेक सेवा प्रदाता संस्थाले शुल्क लिन्छ। सरकारको यूपीआई सेवा अत्यन्त सुविधाजनक छ र व्यवस्थामा अनुशासनलाई कायम राख्न तथा राजस्व सङ्ग्रहको लागि सामानन्य शुल्क लिइनुपर्छ।
मन्त्रीले पश्चिम बङ्गालमा प्राकृतिक संसाधनहरूसित सम्बन्धित अवैध व्यापारको पनि मुद्दा उठाए। उनले आरोप लगाए, वर्षौंदेखिको राज्यमा कोइला, बालुवा एवं काठ जस्ता प्राकृतिक संसाधनहरूको लुट हुँदै आएको छ जसबाट राज्यलाई राजस्व प्राप्त हुँदैनथ्यो। मन्त्री अनुसार यस किसिमको चोरी र लुटमाथि रोक लगाएपछि सरकारी राजस्वमा 33 प्रतिशत वृद्धि भएको छ जसबाट भविष्यमा पनि सकारात्मक परिणाम जारी रहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा