सांसद निधि घोटालामा एसीएस अधिकारी हेमन्त कुमार दत्ता बर्खास्त
सांसद निधि घोटालामा एसीएस अधिकारी हेमन्त कुमार दत्ता बर्खास्त


गुवाहाटी, 19 सेप्टेम्बर (हि.स.)। सांसद अजित कुमार भुइयाँको सांसद निधिसित सम्बन्धित कथित घोटालामा संलिप्त रहेको आरोपसित जुझिरहेका असम सिभिल सर्भिस (एसीएस) अधिकारी हेमन्त कुमार दत्तालाई सेवाबाट बर्खास्त गरिएको छ।

विभागद्वारा यस मामिलामा गराइएको नौ विभागीय जाँचमध्ये आठमा हेमन्त कुमार दत्तमाथि लगाइएका आरोपहरू साबित भएका छन्। जाँचमा सांसद निधिको उपयोगसित सम्बन्धित विभिन्न अनियमितताहरूमा उनको भूमिका पाइएपछि विभागले यो कारबाही गरेको हो।

अधिकारीविरूद्ध विभागीय स्तरमा गरिएका जाँचहरूमा आरोपहरू पुष्टि भएपछि सेवाबाटै बर्खास्त गर्ने निर्णय लिइयो। यस मामिलालमा विभागीय जाँचको निष्कर्षको आधारमा यो कारबाही गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande