
गुवाहाटी, 19 सेप्टेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले शनिवार आफ्नो मन्त्रीमण्डलका सहयोगी एवं क्याबिनेट मन्त्री अशोक सिङ्घललाई जन्मदिनको हार्दिक शुभकामना एवं बधाई दिए।
मुख्यमन्त्रीले सोशल मिडिया पोस्टको माध्यमबाट भने, एकजना कुशल, कर्मठ र जिम्मेवार क्याबिनेट मन्त्रीको रूपमा अशोक सिङ्घलले राज्य सरकारका विभिन्न जिम्मेवारीहरूलाई सफलतापूर्वक निर्वहन गरिरहेका छन्।
उनले भने, जनकल्याण, सुशासनको स्थापना अनि असमको समग्र विकासको क्षेत्रमा सिङ्घलको निष्ठा, कार्यप्रति समर्पण एवं एकाग्रता प्रशंसनीय छ।
मुख्यमन्त्रीले माँ कामाख्या र श्रीमन्त शङ्करदेव गुरुजनका श्रीचरणहरूमा सिङ्घलको दीर्घायु, सुस्वास्थ्य, सुख-समृद्धि तथा भविष्यमा अझ बढ़ी सपलता अनि मङ्गलमय जीवन रहोस् भनी प्रार्थना गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा