
गुवाहाटी, 19 सेप्टेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले शनिवार दिवङ्गत गायक एवं सङ्गीतकार जुबिन गर्गलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे। सोशल मिडिया पोस्टको माध्यमबाट मुख्यमन्त्रीले भने, जुबिन गर्ग आज पनि मानिसहरूको माझमा आफ्ना गीत, सुर एवं आवाजको माध्यमबाट उपस्थित छन् भने उनी अनन्तकालसम्म सङ्गीतप्रेमीहरूको हृदयमा जीवित रहनेछन्।
मुख्यमन्त्रीले भने, जुबिन गर्गका रचनाहरूको हरेक सुरले आज पनि मानिसहरूको मनमा अनगन्ती सम्झनाहरूलाई आलो बनाइदिन्छ। उनले असमको राष्ट्रिय जीवनको यस चिरहरित महान व्यक्तित्वलाई सम्झिँदै हृदयबाटै श्रद्धाञ्जली अर्पण गरे।
डा. सरमाले लेखे, जुबिन हाम्रो नजरबाट टाड़ा भए पनि मानिसहरूको माझमा आज पनि उनी उपस्थित छन् र अनन्तकालसम्म रहनेछन्। मुख्यमन्त्रीले भावुक सन्देशमा लेखे, “मिस यू, जुबिन!”
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा