
गुवाहाटी, 19 सेप्टेम्बर (हि.स.)। असमका लोकप्रिय गायक औ सङ्गीतकार जुबिन गर्गको पहिलो पुण्यतिथिमा शनिवार राज्यभरि नै विभिन्न कार्यक्रमहरू आयोजना गरी उनलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरियो। प्रशंसक, विद्यार्थी एवं सङ्गीतप्रेमीहरूले उनका गीतहरू अनि सङ्गीत धरोहरलाई स्मरण गरे।
नूनमाटीस्थित असम जातीय विद्यालयमा ‘जुबिन दिवस’ मनाइयो। यस अवसरमा लगभग 2,600 विद्यार्थीहरूले एकसाथ ‘दिया घुराई दिया’ गीत प्रस्तुत गरे।कार्यक्रममा जुबिन गर्गकी पत्नी गरिमा सौकिया गर्ग पनि उपस्थित थिइन्।
यता ‘जुबिन क्षेत्र’ जुबिनका गीतहरूले गुञ्जयमान भयो जसले गर्दा माहोल नै भावुक भयो। आफ्ना प्रिय कलाकरलाई श्रद्धाञ्जली दिनका लागि ठूलो सङ्ख्यामा प्रशंसकहरू त्यहाँ पुगे। जुबिनका गीतहरूको प्रस्तुतिबीच उनका प्रशसंकहरूले उनलाई स्मरण गरे।
मङ्गलदै इलेक्ट्रनिक मिडिया फोरम औ प्रेस क्लबको संयुक्त तत्वावधानमा ‘जुबिन दिवस’- को अवसरमा प्रभात फेरी पनि निकालियो जसमा सामेल भएपछि मन्त्री नीलिमा देवीले भनिन्, जुबिनको निधनपछि उनको प्रत्येक गीतको अऱ्थले मानिसहरूको हृदयलाई छोइरहेको छ।
काहिलीपारास्थित जुबीन गर्गको आवासमा उनको प्रतिमालाई फूलहरूले सजाइयो। पहिलो पुण्यतिथिमा मानिसहरूले ‘लुइत कण्ठ’ जुबिन गर्गलाई सम्झिँदै भने, उनको आवाज, सुर र सङ्गीतको विशिष्टता सदैव मानिसहरूको हृदयमा जीवित रहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा