‘न्यूनतम प्रशोधित साग-सब्जी’ सम्बन्धी तीनदिने प्रशिक्षण सम्पन्न
प्रशिक्षण कार्यक्रममा सहभागीहरू


गान्तोक, 20 सेप्टेम्बर (हि.स.)। सिक्किम सरकारको खाद्य प्रशोधन उद्योग विभाग र रानीपुलस्थित कृषि अभियान्त्रिकी तथा फसलपछिको प्रविधि महाविद्यालयको संयुक्त आयोजनामा सञ्चालित ‘न्यूनतम प्रशोधित साग-सब्जी’ सम्बन्धी तीनदिने प्रशिक्षण कार्यक्रम शनिबार समापन भएको छ।

तीनदिने प्रशिक्षणमा सहभागीहरूलाई न्यूनतम प्रशोधित साग-सब्जी तथा जुस निर्माणसम्बन्धी सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गरिएको थियो। साथै, उत्पादनमा मूल्य अभिवृद्धि तथा उद्यमशीलताका अवसरबारे जानकारी दिइएको थियो। प्रशिक्षणको मुख्य उद्देश्य सहभागीहरूलाई दिगो जीविकोपार्जन तथा स्वरोजगारका अवसरमा प्रयोग गर्न सकिने कौशल प्रदान गर्नु रहेको थियो।

कार्यक्रमको समापनमा सहभागी २५ जनालाई सहभागिता प्रमाणपत्र वितरण गरिएको थियो। खाद्य प्रशोधन उद्योग विभागले प्रशिक्षण कार्यक्रमलाई सफल तथा उपलब्धिमूलक बनाउन सहयोग र सहकार्य गरेकोमा महाविद्यालय, प्राध्यापक, स्रोत व्यक्ति, मुख्य प्रशिक्षक तथा सम्पूर्ण सहभागीहरूप्रति आभार व्यक्त गरेको छ।

समापन कार्यक्रममा महाविद्यालयका डीन प्राध्यापक एनएस चौहान, राज्य खाद्य प्रशोधन उद्योग विभागकी सचिव ज्योत्स्ना एम. कार्थक, संयुक्त सचिव नविता प्रधान, उपसचिव रश्मि कपिल लगायत अन्यहरु सहभागगी बनेका थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande