पुरुलियामा मृत युवतीक पिताले मागे न्याय
पुरुलियामा मृत युवतीक पिताले मागे न्याय


पुरुलिया, 20 सितंबर (हि. स.)। जिल्लाको बाघमुण्डीमा प्रेमीद्वारा मारिएकी युवतीका पिताले आफ्नी छोरीको लागि न्यायको माग गरेका छन्। गए शनिवार युवतीको गाउँमा अवस्थित घरमा श्राद्धको कार्यक्रम थियो। सम्पूर्ण परिवार गहिरो शोकमा डुबेका छन्।

शनिवार अबेर साँझ पुरुलियाका सांसद ज्योतिर्मय सिंह महतो र भाजपाका जिल्लाध्यक्ष शङ्कर महतो युवतीको घरमा पुगे। उनीहरूले परिवारसित भेट गरी युवतीको तस्वीरमा माल्यार्पणसहित श्रद्धाञ्जली दिए। युवतीका पिताले उनीहरू समक्ष भने, उनकी छोरीले न्याय पाउनुपर्छ।

भाजपाका जिल्लाध्यक्ष शङ्कर महतोले भने, यो अत्यन्त दःखदायी घटना हो। पार्टी पीड़ित परिवारको साथमा छ। उनले अझ भने, युवतीका पिताले न्याय मागेका छन्। उनलाई मामिलाको कड़ा कारबाही गर्नको लागि हरसम्भव प्रयास गरिने भरोसा दिलाइएको छ।

युवतीका पिताले भने, छोरी त फर्केर आउँदिन, तर उनी चाहन्छन् कि उसले न्याय पाओस्। उनले यो पनि आग्रह गरे, कुनै पनि माता-पिताले यसरी आफ्नो सन्तान गुमाउन नपरोस्। परिवारले पुलिसको जाँचप्रति सन्तोष व्यक्त गरेको छ।

युवतीका पिताले मामिलामा दुष्कर्म वा यौन उत्पीड़नको पनि जाँच गराउने माग गरेका थिए। उनले घटनामा अन्य मानिसहरू सामेल रहेको आशङ्का पनि व्यक्त गरेका थिए। पुलिसको भनाइ छ, पोस्टमर्टम रिपोर्टमा दुष्कर्म वा यौन उत्पीड़नको पुष्टि भयो भने हत्याको मामिलामा सम्बन्धित धाराहरूलाी पनि जोड़िनेछ।

परिवारले भाजपा नेताहरूसित मुख्यमन्त्री शुभेन्दु अधिकारीसम्म न्यायको मागलाई पुऱ्याइदिने अनुरोध पनि गरेका छन्। आइतवार मुख्यमन्त्री पुरूलिया जिल्लामा केही कार्यक्रमहरूमा सामेल हुनेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande