“विभिन्न परितन्त्रीय औजार प्रयोग गर्दै उच्च लेकाली भेकमा वनस्पतिको पहिचान, वनस्पति सङ्ग्रहालय तकनिकी तथा जलवायु परिवर्तनको प्रभाव” विषयक दुई दिने तालिम शुरु
एसएचआरसीमा दुई दिने तालिम कार्यक्रम शुरु


गान्तोक, २४ सेप्टेम्बर (हि.स.)। “विभिन्न परितन्त्रीय औजार प्रयोग गर्दै उच्च लेकाली भेकमा वनस्पतिको पहिचान, वनस्पति सङ्ग्रहालय तकनिकी तथा जलवायु परिवर्तनको प्रभाव” माथि गान्तोकस्थित भारतीय वनस्पति सर्वेक्षणको (बीएसआई) सिक्किम हिमाली क्षेत्रीय केन्द्रमा (एसएचआरसी) दुई दिने तालिम कार्यक्रम शुरु भएको छ।

एनएमएचएसको “सिक्किमको उच्च पार्वतीय सिमसार परिसरमा पुष्पीय विविधताको मूल्याङ्कन” परियोजना अन्तर्गत जीबी पन्त राष्ट्रिय हिमाली पर्यावरण संस्थान (जीबीपीएनआइएचई) सँगको सहकार्यमा बीएसआई, एसएचआरसीद्वारा आयोजित यो कार्यक्रम वनस्पतिको पहिचान, वनस्पति सङ्ग्रहालय तकनिकी तथा कमजोर उच्च लेकाली परितन्त्रमाथि जलवायु परिवर्तनको प्रभावको परितन्त्रीय मूल्याङ्कनका लागि कौशल सुदृढ बनाउन लक्षित छ।

कार्यक्रममा स्वागत सम्बोधन पेश गर्दै वैज्ञानिक एवं बीएसआई-एसएचआरसीका प्रभारी डा. राजीव गोगोईले कलकत्ता गार्डनदेखि शुरु हुँदै बीएसआइको विरासत हाल जङ्गली वनस्पतिको दस्तावेजीकरणका लागि शीर्ष निकायका रूपमा स्थापित भएको जानकारी दिए। सिक्किम केन्द्र वर्ष 1979 मा स्थापित भएको र यहाँ 5,149 प्रजातिको 56,000 वनस्पतिको नमूनाका साथमा 700 जीवित वनस्पतिको प्रजाति रहेको र यस संस्थानले सिक्किमको पुष्पहरूको तस्वीरयुक्त पुस्तकसहित धेरै प्रकाशन गर्नका अतिरिक्त भारतको वनस्पतिको चार संस्करणमा योगदान पुऱ्याएको पनि अवगत गराए।

सिक्किम विश्वविद्यालयका प्रोफेसर डा. निलाद्री बागले सिक्किम वनस्पतिको विविधताको जीवित प्रयोगशाला रहेको जानकारी दिए। यहाँ विलुप्त हुने दर प्राकृतिक दरभन्दा 1,000 देखि 10,000 गुणा बढी रहेको उल्लेख गर्दै परितन्त्र, संरक्षण, कृषि एवं औषधिको जग बसाल्न वनस्पति वर्गिकरण विज्ञान विषयमा अरू धेरै विद्यार्थीहरू आकर्षित गर्न आवश्यक रहेको कुरामाथि जोड दिए।

वन विभागका वन संरक्षक एन जसवन्त सिंहले वैज्ञानिक ज्ञानलाई वनविज्ञानसँग सम्मिलित गर्नुपर्ने आवश्यकतामाथि जोड दिँदै बीएसआई अनि वन विभाग मिलेर वनस्पति सङ्ग्राहलय विकास तथा वन्यप्राणी गलियाराको पहिचान गर्नसक्ने सुझाउ दिए।

जीबीपीएनआईएचईका क्षेत्रीय प्रमुख राजेश जोशीले पूर्वी हिमाली क्षेत्रमा बहुविषयक दृष्टिकोणको माध्यमद्वारा जलवायु परिवर्तन अनि विकासको चापलाई सम्बोधित गर्न सही दस्तावेजीकरण अनि प्रशिक्षित मानव संसाधनको आवश्यकतामाथि बल दिए।

आईसीआरआई, मसला बोर्डका डा. टीएन डेकाले उच्च लेकाली इलाकामा तयारीका लागि स्वास्थ्य स्याहार अनि कृषिका लागि औषधीय अनि आर्थिक रूपमा महत्त्वपूर्ण वनस्पतिको सही पहिचानको महत्त्व रेखाङ्कित गरे। यस अवसरमा मसला बोर्डका डा. एसएस बोरा पनि उपस्थित थिए।

कार्यक्रमलाई आकाशवाणी समाचार तथा पीआईबी गान्तोकका सहायक निर्देशक मानसप्रतीम शर्माले पनि सम्बोधित गरे। कार्यक्रममा विविध प्राविधिक सत्रका साथै गतिविध समावेश थियो, जसलाई डा. राजीव गोगोई, डा. गीतामणि छेत्री, डा. युएल तिवारी, सबुज बर्मन, नर्बू शेर्पा अनि पाल्जर टी लेप्चा लगायतका विशेषज्ञले सम्बोधित गरे।

कार्यक्रममा विद्यार्थी, शोधार्थी अनि विभिन्न संस्थानका सङ्काय सदस्यहरूले भाग लिइरहेको जानकारी पीआईबीले दिएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande