
कछार (असम), 25 सेप्टेम्बर (हि.स.)। कछार जिल्लामा कानून-व्यवस्थाको स्थिति बिग्रिएको रिपोर्टलाई मध्यनजर गर्दै तथा अन्तर्राष्ट्रिय सीमावर्ती यी जिल्लाहरूको माध्यमबाट अवैध रूपमा सामग्रीहरू तथा गौ-तस्करी भइरहेका घटनाहरूलाई केन्द्र गर्दै कछार जिल्ला आयुक्त राहुल कुमार गुप्ताले एक निर्देश जारी गर्दै सम्पूर्ण जिल्लामा भारतीय नागरिक सुरक्षा संहिताको धारा 163 लागू गरी केही महत्वपूर्ण निर्देशहरू जारी गरेका छन्। तथापि यस निर्देशमा गत 23 सेप्टेम्बरमा हस्ताक्षर गरिएको छ।
आज प्राप्त जानकारी अनुसार निर्देशहरूमा भनिएको छ, कछार जिल्लाको भारत-बङ्गलादेश अन्तर्राष्ट्रिय सीमाको एक किलोमीटर क्षेत्रभित्र सूर्यास्तदेखि सूर्योदयसम्म कुनै पनि व्यक्ति घुम्न सक्ने छैन। कछार जिल्लाको भारत निन्त्रित क्षेत्रमा सुरमा नदी र नदी पारीको भागमा सूर्यास्तदेखि सूर्योदयसम्म कुनै पनि व्यक्ति घुम्न पाउनेछैन। कुनै पनि व्यक्तिले सुरमा नदीमा माछा मार्ने उद्देश्यले नौका चलाउन सक्नेछैन। तथापि स्थानीय मानिसहरूलाई व्यक्तिगत मनोरञ्जनको लागि माछा मार्ने अनुमति काटीगोरा सर्कलका सर्कल अफिसरले दिन सक्नेछन्।
यसको लागि उनीहरूले पहिला सम्बन्धित लीजधारकबाट अनुमति लिनुपर्छ अनि लीजका शर्तहरू र नियमहरूलाई पालन गर्नुपर्छ। यस अनुमति पत्रको एउटा प्रति जिल्ला दण्डाधिकारी, कछार र 175औंं नम्बर बटालियन, बीएसएफ, धलछराका कमाण्डेन्टलाई पठाउनुपर्छ। सूर्यास्तदेखि सूर्योदयसम्म कछार जिल्लाको बङ्गलादेश सीमा निकट पाँच किलोमीटर क्षेत्रमा कुनै पनि व्यक्तिले कुनै पनि वाहन, ठेला, रिक्शा वा अन्य कुनै पनि प्रकारको साधनबाट चीनी, चामल, गहुँ, खाने तेल, एसके ओयल र नून आदि कुनै पनिमात्रामा लैजान सक्नेछैन।
यो निर्देश सीमा क्षेत्रमा कार्यरत राज्य औ केन्द्रिय सरकारका कर्मचारीहरूमाथि लागू हुनेछैन। यो निर्देश जनहित र कानून-व्यवस्थाको सुरक्षाको लागि तुरून्तै प्रभावी हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा